- बरहथवा : कार्तिक १९ गते बुधबार ।।
- जनप्रभाब न्यूज
इलाका प्रहरी कार्यालय बरहथवाले चर्चित गोरु व्यापारी शम्भु सिंहसहित ६ जनालाई जुवाको खालबाट समातेको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी ) उद्धव सिंह भाटको कमाण्ड खटिएको प्रहरी टोलीले उनीहरूलाई समातेको हो ।
गोरु व्यापारी शम्भु सिंहको घरमा जुवा भइरहेको गोप्य सुचनाको आधारमा उनीसहित सर्लाही बरथवा–६ बस्ने ४२ बर्षका राम प्रमोद महतो, बरथवा–५ बस्ने बर्ष ४८ का महमद हसन कवारी, बरथवा–७ बस्ने बर्ष ३८ का दिनेश शाह भनेर चिनिने गोबिन्द साह, सोहि ठाउँ निवासी बर्ष ५५ का रामानन्द दास र १६ का बर्ष ३० को मनोज राय पक्राउ परेका हुन् ।
६० हजार ९९५ नेपाली रुपैयाँ र ५ हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको डीएसपी भाटले जानकारी दिए । यस्तै उनीहरुको साथबाट नगद र मोबाइलसमेत प्रहरीले बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !