Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मानव चिहानको इतिहास खोतल्ने कि ?

  • एजेन्सी : कार्तिक १७ गते सोमबार ।।
  • जनप्रभाब न्यूज

टाइटानिक पानीजहाजभित्रको विनातार सन्देश प्रवाह गर्ने रेडियो सञ्चार प्रणाली निकाल्ने वा समुद्रको पिँधमा रहेका मानव अवशेषलाई शान्त रहन दिने ? कानुनी लडाइँ जारी छ । यो पानीजहाज सय वर्षभन्दा पहिला डुबेको थियो । तैपनि यसका भग्नावशेष सदाबहार प्रतीकका रूपमा रहेका छन् ।

पानीमुनि रहेका १५ सय शवहरूलाई त्यत्तिकै रहन दिने वा उक्त दुःखद् घटनामा महत्वपूर्ण भूमिका खेलेको मानव निर्मित वस्तुलाई पुनः प्राप्त गर्ने भन्ने एउटा ताजा बहस अहिले चर्किएको छ । उत्तर एटलान्टिक महासागरको पिँधमा रहेका हजारौँ त्यस्ता मानव निर्मित सामान निकालेको एउटा अमेरिकी कम्पनीले आफ्ना योजनाहरू घोषणा गरेपछि उक्त विवाद निम्तिएको हो ।

आरएमएस टाइटानिक इंक मार्कोनी नामक विनातार सन्देश प्रवाह गर्ने टेलिग्राफ मेसिन समुद्रबाट निकाल्न चाहन्छ जसले सन् १९१२ एप्रिल १५ तारिख सबेरै डुबिरहेको पानीजहाजबाट संकटको जनाउ दिँदै सन्देश पठाएको थियो । त्यस्तो जनाउले करिब सात सय मानिसको ज्यान जोगाएको थियो । तर, अमेरिकी सरकारले भने उक्त कम्पनीको योजनाको विरोध गरिरहेको छ ।

त्यस्तो कार्यले संघीय कानुन तोड्ने र भग्नावशेषलाई स्मृतिस्थल भनी पहिचान गर्न अन्तर्राष्ट्रिय रूपमा जनाइएको सहमतिको अनादर गर्ने अमेरिकी सरकारले बताएको हो । सन् १९१२ मा साउथह्याम्पटन, इंल्यान्डबाट न्यूयोर्क जाँदै गर्दा टाइटानिक पानीजहाज राती ११ः४० मा एउटा विशाल हिमशिलामा ठोक्किएको थियो ।

जहाजको अगाडिको भाग ठोक्किएर परेका प्वालहरूबाट हजारौँ टन समुद्री पानी पानीजहाजभित्र पसेको थियो । पानीजहाजको नमुना तयार पार्ने टोमस एन्ड्र्युज पनि त्यसैमा सवार थिए । पानीजहाजमा पुगेको क्षति हेरेपछि उनले क्याप्टेनलाई पानीजहाज डुब्न लागेको बताएका थिए । पानीजहाजका वरिष्ठ अपरेटर २५ वर्षे ज्याक फिलिप्स पानीजहाज डुबेर सम्पर्कविहीन हुँदासम्म पनि सहायताका लागि याचना गरिरहेका थिए ।

बिहान १२ः१५ मा पानीजहाजभित्रको मारकोनी प्रणालीले संकटको संकेत जनाउने आवाज निकाल्यो पानीजहाज र जमिनमा रहेका सञ्चालकहरूबीच ताररहित सञ्जाललाई सक्रिय बनाएर एकअर्कासँग सम्पर्क भएपछि त्यस्तो संकटको जनाउ दिइएको थियो । उनीहरूले त्यतिबेला अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएका संकटको संकेत दिने ध्वनी सर्टवेब रेडियोमार्फत प्रसारण गरेका थिए जसलाई मर्ज कोड पनि भनिन्छ ।

‘हामी रहेको पानीजहाज विशाल हिमशिलामा ठोक्किएको छ । तत्कालै उद्धारका लागि आउनुहोस्,’ टाइटानिकका अपरेटर ज्याक फिलिप्सले अर्को पानीजहाज, कार्पथियालाई बोलाएका थिए । र, फ्र्यांकफर्टमा, जर्मन पानीजहाजलाई भनेका थिए, ‘हामी हिमशिलामा ठोक्किएका छौँ र टाउकोपट्टिबाट पानीजहाज डुब्दैछ ।’

केही इतिहासविद्हरू प्रश्न गरिएको पानीजहाज फ्र्यांफर्टको रहेको र दुई पानी जहाजबीचको सन्देश आदानप्रदान गलत बुझिएको बताउँछन् । ज्याक फिलिप्सले अर्को सन्देश दिए, ‘हामी साना डुंगाहरूमा यात्रुहरूलाई राख्दैछौँ । महिला र बालबालिकाहरू ती डुंगाहरूमा छन् । धेरैबेर टिक्न सक्दैन ।’ र, अर्को थियो, ‘यो टाइटानिक हो… इन्जिन रहेको कोठा पानीले डुब्यो ।’

जीवन बचाउनका लागि साना डुंगाहरू पानीजहाजबाट झार्दै गर्दा ती अपरेटरले निरन्तर रूपमा सन्देश दिइरहे । डुंगामा आफ्ना छोराछोरी र पत्नी झरिरहँदा पतिहरूले बिदाइका अन्तिम हात हल्लाए । उक्त घटनामा ज्याक फिलिप्स बाँचेनन् । उनका क्याप्टेनले उनलाई ड्यूटी गर्न नपर्ने बताए पनि उनी काममै बसे र उनको नायकत्वले टाइटानिकको दुःखपूर्ण घटनामा एउटा महत्वपूर्ण भूमिका खेल्यो ।

पानीजहाजले दिएको सन्देशले अन्य पानीजहाजहरूमा आतंक र अविश्वासको स्थिति बन्यो । विशाल र सुविधायुक्त उक्त पानीजहाजमा बिहान २ः१० मा अन्धकार भयो र मार्कोनी पनि बन्द भयो । पानीजहाजको अग्रभाग महासागरको पानीमुनि डुबिसकेको थियो र पछिल्लो भाग माथितिर गएको थियो । करिब २ः२० तिर पानीजहाज दुई टुक्रा भयो र दुवै भाग एट्लान्टिक महासागरमा डुब्न थाल्यो ।

डुब्न थालेको दुई घण्टाभन्दा कम समयमा महासागरको उक्त स्थलमा कार्पथिया आइपुग्यो र सत सय जीवित मानिसको उद्धार ग¥यो । उद्धार गरिएका ती मानिसहरू डुंगामा उत्रिन सफल भएका थिए । उक्त घटनामा करिब १ हजार ५ सय मानिसको ज्यान गएको अनुमान गरिएको छ ।

आरएमएस टाइटानिकले भग्नावशेषबाट मानव निर्मित ५ हजार ५ सयभन्दा बढी सामानहरू निकालिसकेको छ । पानीजहाजको भग्नावशेष क्यानडाको न्युफाउन्डल्यान्डबाट ७ सय ४० किलोमिटरको दुरीमा सन् १९८५ मा फेला परेको थियो । पानीजहाजको अगाडि र पछाडिको भाग पानीको सतहभन्दा चार हजार मिटर तल भेटिएको थियो ।

त्यो ठ्याक्कै त्यही ठाउँ हो जहाँ एक शताब्दीभन्दा अगाडि पानीजहाज डुबेको थियो । सन् १९८७ यता आरएमएस टाइटानिक इंकले ५ हजार ५ सयभन्दा बढी मानवनिर्मित सुनका सिक्कालगायतका सामानहरू निकालिसकेको छ र आठ वटा ठूलो स्तरका अनुसन्धानहरू पनि गरिसकेको छ ।

तर गत वर्ष, समुद्रको गहिराइमा पुगेको अन्तर्राष्ट्रिय टोलीले झण्डै १५ वर्षमा पहिलोपटक भग्नावशेषको सर्वेक्षण गरे । उनीहरूका अनुसार तीमध्ये केही एकदमै तीव्र गतिमा बिग्रिन थालेका छन् । गत वर्ष समुद्रको गहिराइमा पुग्ने अन्तर्राष्ट्रिय टोलीले केही भग्नावशेषहरू तीव्र गतिमा बिग्रिन थालेको बताएका थिए । (बिबिसी)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh