Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तिहारले छपक्कै छोप्यो : सप्तरीमा बढाइयो शंकास्पदमाथि निगरानी


शंकास्पद गतिविधी गर्ने, चोरी, लुटपाट, डकैती लगायतका अपराध गर्न खोज्ने, मापसे (मादक पदार्थ सेवन) गरेर होहल्ला एवं शान्ति सुरक्षाको अवस्था भड्काउन खोज्नेमाथि विशेष ढंगले निगरानी बढाइएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए ।


  • सप्तरी : कार्तिक १५ गते सनिवार ।।

  • आलोक यादव



सप्तरी प्रहरीले विगतमा चाडपर्वका बेला भएका अपराधिक गतिविधी र यस वर्ष हुन सक्ने सम्भावित घटनाको विश्लेषण गर्दै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ । तिहारसंगै टोलटोलमा प्रहरी परिचालन गर्दै सप्तरीको राजबिराज , कल्याणपुर र भारदह लगायत को सुरक्षा व्यवस्था कडा पारेर लगिएको छ । शंकास्पद गतिविधी गर्ने, चोरी, लुटपाट, डकैती लगायतका अपराध गर्न खोज्ने, मापसे (मादक पदार्थ सेवन) गरेर होहल्ला एवं शान्ति सुरक्षाको अवस्था भड्काउन खोज्नेमाथि विशेष ढंगले निगरानी बढाइएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए । सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी गर्न प्रहरीको विशेष टोली खटिएको छ ।

चाडपर्वका बेला अपराध गर्ने एवं अवैध तरिकाले लाभ उठाउन खोज्ने प्रयास कसैले गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने उनको भनाइ छ । चाडपर्वका बेला हुनसक्ने अपराधिक घटना नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न परिचालित प्रहरीको नेतृत्व एसपी धमलाले आफैले गरेका छन् । उनले कुनै पनि शंकास्पद गतिविधी कोहीकसैले गरेको पाइएमा तत्काल प्रहरीलाई जानकारी पनि आग्रह गरेका छन् ।

उनले आर्थिक गतिविधी धेरै हुने ठाउँदेखि लिएर महत्वपूर्ण प्रतिष्ठानहरु तथा सार्वजनिक स्थलमा प्रहरी उपस्थिति बढाएर सुरक्षा व्यवस्था कडा पारिएको जनाए । एसपी धमलाले कुनै पनि अपराधिक घटना हुन नदिने हिसाबमा प्रहरी अघि बढेको जनाए । सार्वजनिक स्थल र पसलहरुमा २४ घण्टानै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको छ । त्यस्तै होटल, मदिरा पसल एवं सार्वजनिक सवारी साधन चेकजाँचलाई प्रहरी तीव्र पारेको छ । जसरी भए पनि चाडपर्व सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने प्रयोगको उदेश्य रहेको उनले स्पष्ट पारे । कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला सुरु भएका चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन मोरङमा एक हजार दुई सय भन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक धमलाले बताए ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ठाउँठाउँमा सादा पोशाक र हतियारसहितका प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाइ । प्रहरीको पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउन थालेको छ । कोरोनाका कारण यस वर्ष खासै भीडभाड नहुने भए पनि धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिर लगायत विगतमा भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थानमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न प्रहरी सक्रिय बनेको छ ।

प्रहरी उपरीक्षक धमलाका अनुसार मापसेबाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव, सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण लगायतमा प्रहरीले बढी जोड दिएको छ । चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण प्रहरीको प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।

त्यस्तै जुवा, तास लगायत गैह्र कानुनी खेलहरु र शान्ति भड्काउनेसमूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने नीति प्रहरीले बनाएको छ । एसपी धमलाका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, राजमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमी आउन नदिने प्रहरीको योजना छ ।

पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रण थालिएको छ । सवारी साधनमाथि आकस्मिक चेकजाँच सुरु गरिएको छ । प्रहरीले मापसे गरेर सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाउँदै दुर्घटनामा कमी ल्याउन विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।

धमलाका अनुसार कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले चाडपर्वमा झन् जोखिम हुन सक्नेभन्दै मास्क, सेनिटाइजर प्रयोग गर्न र भीडभाड नगर्न एवं संक्रमण नफैलने गरी सुरक्षित हिसाबमा चाडपर्व मनाउन सबैमा आग्रह गर्दै माइकिङ गर्दै सन्देशमुलक कार्यक्रमहरु भइरहेका छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा लुकिछिपी हुने चोरी तस्करी नियन्त्रण गर्न प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गरेको छ । सीमा क्षेत्रमा भइरहेका मानवीय चहलपहल नियन्त्रण एवं रोकथाम गरेर तस्करीलाई शून्यमा झार्ने योजनाका साथ अप्रेशन चलाइएको एसपी धमलाको भनाइ छ ।

चाडपर्वलाई लक्षित गरेर प्रहरीले प्रशासन लगायतका निकायसँग समन्वय गर्दै अत्यावश्यक सेवाका साधनहरु एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखेको छ । कुनै पनि घटनामा परेर घाइते भएकाको उपचारका लागि कोशी लगायत सबै अस्पताललाई २४ घण्टानै तयारी अवस्थामा राख्न सप्तरीका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइसकेको धमलाको भनाइ छ । उनका अनुसार कोरोना भाइरसको संक्रमण नियन्त्रण एवं रोकथामका लागि तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईकासाथ पालना गराउन पनि प्रहरी सक्रिय भएर लागेको छ ।

यसैबीच प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायव ( डीआईजी ) धिरज प्रताप सिंहले पनि चाडपर्वका समयमा प्रदेशको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिने बताएका छन् । उनले चाडपर्वलाई लक्षित गर्दै प्रदेशका ८ वटै जिल्लाको सुरक्षा अवस्था मजवुत बनाएर लगिएको जानकारी दिए ।

ठूलो संख्यामा प्रहरी परिचालन गर्दै शंकास्पद ठाउँहरुमा निगरानी बढाउने, गलत गर्न खोज्नेलाई नियन्त्रणमा लिने तथा सार्वजनिक स्थलदेखि लिएर सबै ठाउँमा २४ घण्टानै सुरक्षा प्रदान गर्ने काम थालिएको कार्कीको भनाइ छ । उनले अपराध गरेर फाइदा उठाउने मनसाय राख्नेहरु तत्काल प्रहरीको फन्दामा पर्ने जानकारी दिए ।

डीआईजी सिंहले कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला सबैले सुरक्षित ढंगले र संक्रमण हुन नदिने हिसाबले स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै चाडपर्व मनाउनुु पर्नेमा जोड दिए । उनले गलत कार्य गर्न खोज्ने शंकास्पद व्यक्तिहरुका बारेमा तत्काल प्रहरीलाई जानकारी दिन प्रदेशका बासिन्दालाई आग्रह गरेका छन् ।

हिन्दु धर्मावलम्बीको तिहारले छपक्कै छोपेको छ । चाडपर्व सौहार्दपूर्ण वातावरणमा सुरक्षित ढंगले मनाउने चाहना सबैको हुने सिंहले बताए । चाडपर्वलाई मर्यादित र सुुरक्षित बनाउनु सबैको दायित्व पनि हो ।

चाडपर्वको मौका छोपेर अपराधिक घटना गराउने र अवैध गतिविधी गर्नेहरु सक्रिय हुनसक्नेतर्फ प्रहरी सचेत रहेको उनको भनाइ छ । सिंहका अनुसार यस्तो बेलामा शंकास्पद गतिविधी गर्नेहरु भेटिएमा तत्काल प्रहरीलाई खबर गर्नुपर्छ । प्रहरीले शंकास्पद गतिविधीका बारेमा समयमै सूचना पाउन नसक्दा जघन्य प्रकृतिका अपराधिक घटना हुनसक्छन् ।

सबै चाडपर्व मनाउन व्यस्त भएको मौकामा अपराध गरेर लाभ उठाउन खोज्ने समूह सक्रिय हुने गरेको विगतका घटनाबाट पुष्टि हुन्छ । कुनै घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै गलत प्रवृतिका मानिसहरुलाई बारेमा तत्कालै प्रहरीलाई खबर गरियो भने त्यसले सम्भावित अपराध हुनबाट रोक्न ठूलो मद्धत गर्ने र सबै सुरक्षित होइने सिंहले बताए ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh