-
सुनसरी : कार्तिक १४ गते शुक्रबार ।।
-
जनप्रभाब न्यूज
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय टुमासिंह यादवलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ ।
सुराकीका आधारमा घरमा खानतलासी गरेको प्रहरीले घरमा लुकाई राखेको पेस्तोल फेला परेपछि यादव समेतलाई नियन्त्रणमा लिएको हो ।
सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिदै आएको भन्ने प्राप्त सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।
हतियार समेत रहेको भन्ने सूचना अनुरुप खोजतलासको क्रममा शौचालयको सेफ्टी ट्यांकी छेउमा प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा मेड इन इण्डिया लेखेको पेस्तोल फेला परेको थापाले बताए ।
पेस्तोलमा लोड गरिएको म्याग्जीन र २ राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ । हतियारसहित नियन्त्रणमा परेका यादवविरुद्ध हात हतियार खरखजाना सम्वन्धि मुद्दामा कारबाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !