-
सिरहा : कार्तिक १४ गते शुक्रबार ।।
-
जनप्रभाब न्यूज
सिरहाको नवराजपुर गाउँपालिका वडा न. ४ नवराजपुर गाउँमा आज जनता समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
जसपाको गाउँपालिका कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा रामबालक यादव, उमेश यादव, इंद्र लाल यादव, दिनेश र उपेंद्र प्रसाद यादव लगायत एक सय भन्दा बढीले नेकपा, नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश तथा तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का अर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले अब नेपालमा जनता समाजवादी पार्टीको बिकल्प नभएको दाबी गरे ।
नवप्रवेशीहरुलाई फुलमाला र अविर लगाएर जसपामा स्वागत गर्दै मन्त्री यादवले सबै जनताको मर्म र भावना बुझ्ने पार्टी नै जसपा भएको बताए । जनता समाजवादी पार्टीलेनै मधेसी, दलित, मुस्लिमलगायतका सबै क्षेत्रलाई समेटेर अगाडी बढ्ने भएकोले जसपाको विकल्प अरु पार्टी बन्न नसक्ने उहाँको अडान छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !