- काठमाडौं : कार्तिक १३ गते बिहीबार ।।
- जनप्रभाब न्यूज
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा यही मंसिर ११ देखि काठमाडौंमा सुरु हुँदै छ। चैत २८ र २९ गतेका लागि तय भएको साधारण सभा कोरोनाका कारण पटक–पटक स्थगित हुँदै आएकोमा मंसिर ११ गतेदेखि १३ गतेसम्मका लागि नयाँ मिति तय भएको हो।
साधारण सभाका लागि गृह मन्त्रालयले समेत सहमति दिएसँगै मंसिरमा निर्वाचन हुने निश्चितजस्तै भएको छ।
निर्वाचनका लागि निर्वाचन कमिटिले मनोनयन दर्तासमेत खुल्ला गरिसकेको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले मनोनयन दर्तासमेत गरिसकेको छ।
अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार व्यवसायी किशोर प्रधानको समूहले भने केही दिनभित्रै मनोनयन दर्ता गर्ने तयारी गरेको छ।
महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधान अनुसार शेखर गोल्छा स्वतः अध्यक्ष हुने छन्।
५४ औं साधारण सभाबाट १ जना वरिष्ठ उपाध्यक्ष, एक जना एसोसिएट उपाध्यक्ष, एक जना वस्तुगत उपाध्यक्ष र एक जना जिज्ला नगर उपाध्यक्ष चयन हुनेछन्।
यसैगरी ६० जना कार्यकारिणी सदस्य चयन हुने छन्। जसमा प्रत्येक प्रदेशबाट एक–एक जना गरी ७ जना, एसोसिएट तर्फबाट १८जना, बस्तुगतबाट १४ जना, जिल्ला नगरबाट १९ जना, द्विराष्ट्रियबाट १ जना र महासंघको संस्थापकहरुबाट १ जना सदस्य चयन हुने छ।
प्रतिस्पर्धामा को–को?
महासंघको ५४ औं साधारण सभाका लागि पदाधिकारीमा समूह बने पनि सदस्यका लागि भने समूह स्पष्ट खुलिसकेको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !