- जनकपुरधाम : कार्तिक १३ गते बिहीबार ।।
- जनप्रभाब ब्यूज ब्यूरो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३७ जना केन्द्रीय समिति सदस्यहरुले प्रदेश २ को पर्सा घटनाप्रति प्रहरीको कार्यशैलीको घोर भर्त्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बैठक नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा ३७ जना केन्द्रीय समिति सदस्यको उपस्थितिमा बसेकाे थियाे । बुधवार जनकपुरमा बसेको साे बैठक पश्चात जारी विज्ञप्तिमा पीडित परिवारले दिएको जाहेरी प्रहरीले दर्ता नगर्नु अपराधलाई प्रश्रय दिनु रहेको जनाएकाे छ ।
जारी उक्त विज्ञप्तिमा भनिएको छ, “पीडित निवेदकको जाहेरी यथाशीघ्र दर्ता गरी हत्यारालाई कारवाही होस्, मृतकलाई सहिद घोषणा गरियोस्, मृतक परिवारलाई राहत, घाइतेहरुको निःशुल्क उपचार र कर्तव्यच्यूत भएका पर्सा जिल्ला प्रहरी प्रमुखलाई उचित कारवाही गरियोस् ।”
नेकपा प्रदेश नम्बर २ को सह–ईन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा बसेको बैठकमा स्थायी समिति सदस्य मातृका प्रसाद यादवको उपस्थिती रहेको थियो भने प्रदेश सह–ईन्चार्जद्वय नागेन्द्र प्रसाद चौधरी, महेन्द्र पासवान, रामकुमार यादव, प्रकाश पोखरेल, रामपृत पासवान, दीर्घ बहादुर योञ्जन, डाचाराज वाग्ले, रविन्द्र वैठा, प्रहलाद बुढाथोकी, हरिनारायण चौधरी, जगत यादव, गोपाल ठाकुर, रामचन्द्र झा, सत्रुधन महतो, योगनारायण बरबरीया, श्रीप्रसाद साह, यदुवंश झा, सुधिर प्रसाद साह, अजय शंकर नायक, राजु खड्का, बोधमाया यादव, भरतप्रसाद साह, टेक बहादुर बलम्पाकी, रामचन्द्र यादव, रामकुमार शर्मा, दिनेश राई, रामचन्द्र साह सो बैठकमा सहभागि भएका थिए ।
बैठकमा फोनबाट निर्णयहरु बारे सहमति जनाउनेहरुमा सरला कुमारी यादव, कल्याणी खड्का, ममता गिरी, लक्ष्मण पौडेल, रत्नेश्वर गोइत, यूवराज भट्टराई, अशोक कुमार मण्डल र महादेव यादव रहेका छन् ।
फुलपातीकाे अघिल्लाे दिन कार्तिक ६ गते बिहिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको मृत्यु भएको थियाे ।
शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय पर्सामाथि किटानी जाहेरी दर्ताका लागि दबाबस्वरुप आन्दोलन हुँदै आएको छ । प्रहरीले किटानी जाहेरी दर्ताका लागि आनाकानी गर्दै आएको छ ।
सो घटनाका मुख्य योजनाकार नेकपा पर्साका जिल्ला सदस्य तथा पूर्व सांसद राजकुमार गुप्ता रहेको र उनकै कारण जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको नेकपाको आरोप छ । हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्व सांसद राजकुमार गुप्तालाई प्रहरीले घटना पक्राउ लगत्तै छोडेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !