Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चौरसिया हत्या प्रकरण : एसपी पन्तकाे अडान – पूर्वसांसद गुप्ताकाे नाम हटाए मात्र जाहेरी लिन्छाैं

  • पर्सा : कार्तिक १३ गते बिहीबार ।।
  • जनप्रभाब न्यूज

पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेकपा सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेकपा पर्साले बुधबार पनि वीरगन्जमा प्रदर्शन गरेको छ। बुधबार छैटौं दिन पनि चौरसियाका परिवार र नेकपा पर्साले प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।

नगर परिक्रमापछि प्रदर्शनकारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष जाहेरी दर्ताको माग गर्दै ज्ञापनपत्र पठाएका छन्। पाँचबुँदे ज्ञापनपत्रमा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै मृतकलाई सहिद घोषणा गर्नुपर्नेलगायतका माग राखिएको छ।
घटनामा संलग्न व्यक्तिहरुलाई प्रधानमन्त्रीले बचाउन खोजेको आरोप लगाउँदै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेकपाका नेता तथा कार्यकर्ताहरुले घटनाका ‘मुख्य योजनाकार’ पूर्वसांसद राजकुमार गुप्तासहित १२ जना संग्लन व्यक्तिको जाहेरी दर्ता गर्न माग गर्दै लगातार प्रदर्शन गरिरहेका छन्।
गुप्ताको नाम हटाएमात्र मुद्दाको जाहेरी दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) गंगा पन्थले अडान लिएको उनीहरुको आरोप छ।

यस्तै चौरसियाको मृत्यु प्रकरणले नेकपा प्रदेश नम्बर २ आन्दोलनमा जुटेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पीडित आफन्तजनले दिएको जाहेरी दर्ता नगरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि दिनअघि जाहेरी दर्ता गर्नका लागि एक विज्ञप्ति नै निकाल्नु परेको थियो।

पर्सा प्रहरीले हालसम्म जाहेरी दर्ता नगर्दा वीरगञ्जमा दिनहूँ जाहेरी दर्ताका लागि प्रहरी विरुद्ध आन्दोलन हुदैँ आएको छ। छैठौँ दिन बित्दा पनि प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै आएको छ भने आफन्तजनले शव बुझ्न अस्वीकार गरेका छन्। नेकपा प्रदेश नम्बर २ ले प्रहरीले जाहेरी दर्ता नगरी कानुनी राज्यको खिल्ली उडाएको भन्दै घोर भत्र्सना समेत गरेको छ।

प्रदेश नम्बर २ मा अस्थायी राजधानी जनकपुरमा उपलब्ध केन्द्रीय समिति सदस्यहरुले आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रहरीको कार्यशैलीको घोर भत्र्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा ३७ जना केन्द्रीय कार्य समिति सदस्यले एक विज्ञप्ति जारी गर्दै पीडित परिवारले दिएको जाहेरी दर्ता नगर्नु अपराधलाई प्रश्रय दिनु रहेको र यसले प्रहरी संगठनको बदनामी भएको संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

३७ जना केन्द्रीय सदस्यले संयूक्तरुपमा जारी गरिएको विज्ञप्तिमा पीडित निवेदकको जाहेरी यथाशीघ्र दर्ता गरी हत्यारालाई कारवाही होस्, मृतकलाई सहिद घोषणा गरियोस्, मृतक परिवारलाई राहत, घाइतेहरुको निःशुल्क उपचार र कर्तव्यच्यूत भएका पर्सा जिल्ला प्रहरी प्रमुखलाई उचित कारवाही गर्नका लागि सो जारी विज्ञप्तिमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट जाहेरी दर्ताका लागि अमूक व्यक्तिको नाम राख र अमूक व्यक्तिको नाम हटाउ भनिनु अपराधलाई प्रश्रय दिएको देखिन्छ विज्ञप्तिमा उल्लेख गरिएको छ। जारी गरिएको विज्ञप्तिमा घटनाको प्रकृति हेर्दा, सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्य सहित आक्रमण भएको प्रमाणित हुन्छ। यस घटनाको जति भत्र्सना गरेपनि कमै हुन्छ। त्यसैले यस घटनाका सम्पूर्ण दोषीहरुलाई कडा भनदा कडा कारवाही गर्नका लागि माग गरिएको छ। जारी गरिएको सो विज्ञप्तिमा–’घटनाको पृष्ठभूमि हेर्दा, पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु निर्विवादित थिए। शपथग्रहण हुन मात्र बाँकी थियो । शपथ ग्रहण कार्यक्रमको आयोजना भयो। कार्यक्रम सुरु हुनु अघि नै केही आपराधिक पृष्ठभुमि भएका व्यक्तिहरुको योजनाम अपराधीहरु बाँसको भाटा लगायतका हतियारहरु बोकी कार्यक्रम स्थलमा पुगे। पार्टीको व्यानर र झण्डा च्यात्न थाले। कामरेड मुकेश चौरसियाले रोक्न खोज्नुभयो। अपराधीहरुले वहाँ लगायत वहाँसंगै रहेका निहत्था कमरेडहरुमाथि आक्रमण गरे। केही कमरेडहरु घाइते भए भने क. चौरसियाको टाउकोमा नै ताकेर बाँसको भाटाले अन्धाधुन्ध प्रहार गरे । क. चौरसिया ढल्नु भयो। त्यसपछि गाउँलेहरु प्रतिकारमा उत्रे अनि अपराधीहरु भागे । घाइते कमरेड चौरसियालाई एम्बुलेन्समा अस्पताल पुर्याइयो। उपचारको क्रममा भोलि पल्ट बिहान वहाँको निधन भयो ।’ उल्लेख गरिएको छ।

नेकपा प्रदेश नम्बर २ को सह–ईन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा बसेको वैठकमा स्थायी समिति सदस्य मातृका प्रसाद यादवको उपस्थिती रहेको थियो भने प्रदेश सह–ईन्चार्जद्वय नागेन्द्र प्रसाद चौधरी, महेन्द्र पासवान, रामचन्द्र झा, सत्रुधन महतो, योगनारायण बरबरीया, श्रीप्रसाद साह, यदुवंश झा, सुधिर प्रसाद साह, अजय शंकर नायक, राजु खड्का, बोधमाया यादव, भरतप्रसाद साह, टेक बहादुर बलम्पाकी, रामकुमार यादव, प्रकाश पोखरेल, रामपृत पासवान, दीर्घ बहादुर योञ्जन, डाचाराज वाग्ले, रविन्द्र वैठा, प्रहलाद बुढाथोकी, हरिनारायण चौधरी, जगत यादव, गोपाल ठाकुर, रामचन्द्र यादव, रामकुमार शर्मा, दिनेश राई, रामचन्द्र साह सो वैठकमा सहभागि भएका थिए भने सरला कुमारी यादव, कल्याणी खड्का, ममता गिरी, लक्ष्मण पौडेल, रत्नेश्वर गोइत, यूवराज भट्टराई, अशोक कुमार मण्डल र महादेव यादवले फोनबाट नै सो वैठकमा हुने निर्णयहरु बारे सहमती जनाएको नेकपा प्रदेश सह–ईन्चार्ज विश्वनाथ साहले जानकारी दिए।

शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय पर्सामाथि किटानी जाहेरी दर्ताका लागि दबाबस्वरुप आन्दोलन हुँदै आएको छ। प्रहरीले किटानी जाहेरी दर्ताका लागि आनाकानी गर्दै आएको छ।सो घटनाका मुख्य योजनाकार नेकपा पर्साका जिल्ला सदस्य तथा पूर्व सांसद राजकुमार गुप्ता रहेको र उनकै कारण जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको नेकपा वीरगंज महानगरपालिकाका ईन्चार्ज रहबर अन्सारीको आरोप छ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्व सांसद राजकुमार गुप्तालाई प्रहरीले घटना लगत्तै पक्राउ गरी बिहीबार राति नै छाडेको थियो। झडपमा समान्य घाइते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएका छन्। उनीहरुमाथि पनि चौरसियाको हत्याको आरोप छ।

मुकेश चौरसियाको हत्या भए लगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायत विभिन्न राजनीतिक दल तथा संघसंस्थाले जाहेरी दर्ता गर्नका लागि प्रहरीमा दवाव दिए भने सत्यतथ्य छानविन गरी वास्तविक दोषीलाई कारवाही गर्न माग गरेका थिए।

रसियाको शव अहिलेपनि ‘पोस्टमार्टम’का लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ। गएको बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाटास्थित नवगठित नेकपा गाउँपालिका समितिको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो।

लाेकपाटी न्यूजबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh