वर्षौदेखि लागुऔषधको कारोबार गर्दै आएकाको चेन समेत तोडिएको छ । तर, अफसोच पूर्वक भन्नु पर्छ : प्रहरीका राम्रा काम नदेख्नेले स्वार्थ पूर्तिका लागि प्रहरीको खैरो खन्ने काम मात्र गरिरहे’
-
सुनसरी : कार्तिक ११ गते मंगलवार ।।
-
जनप्रभाब – सम्बादाता
सुनसरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले केहि व्यक्ति र समूह सुनियोजित रुपमा आफ्नो बदनाम गर्न लागि परेको बताएका छन् । प्रहरी उपरीक्षक थापाले विगतका वर्षको दाँजोमा लागुऔषध विरुद्धको अभियानमा उल्लेखनीय सफलता हात लाग्दै गएको अवस्थाका बिच सोही विषयलाई जोडेर रकमको मोलमोलाई गर्ने गरेको भनि आफुमाथि लगाइएको आरोप बदनीयत पूर्ण भएको बताए ।
संचारकर्मीहरुसँगको कुराकानीमा प्रहरी उपरीक्षक प्रमुख थापाले भनेर, सुनसरी प्रहरीले लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनले निकै सफलता हात पारेको छ । वर्षौदेखि लागुऔषधको कारोबार गर्दै आएकाको चेन समेत तोडिएको छ । तर, अफसोच पूर्वक भन्नु पर्छ : प्रहरीका राम्रा काम नदेख्नेले स्वार्थ पूर्तिका लागि प्रहरीको खैरो खन्ने काम मात्र गरिरहे’ ।
पूर्वमै लागुऔषध कारोबारको हिसाबले अग्रणी स्थानमा गनिने सुनसरीमा स्विप अपे्रसन चलाई प्रहरीले नियन्त्रणका प्रयास थाल्दा कमाउ धन्दामा लागेको भनी आरोप लगाइनु आफुलाई बदनाम गराउने खेल भएको थापाको बुझाई छ । एपसी थापाले लागुऔषध जस्तो संवेदनशील विषयमा प्रहरीले रकम लिएर कोही कसैलाई छाड्नै नसक्ने बताए । प्रहरीको अनुसन्धान र रणनीति आफ्नै तवरको हुन्छ । जसलाई धेरैजसो अवस्थामा सार्वजनिक गर्न मिल्दैन्, थापाले भने ।अपराध रहित समाज निर्माणमा जुट्दा समाजकै अङग भएकाले समेत कतिपय अवस्थामा प्रहरीले अभिभावकीय भूमिकामा रहेर काम गर्नु पर्ने हुन सक्छ । जसमा आवश्यक्ता भन्दा बढी विषय उठान गरेर व्यक्ति र सिङगो संगठनको बदनाम गराउन चाहने व्यक्तिको कमी नभएको एसपी थापाले बताए ।
सिआइबीमा समेत रहेर काम गरेको अनुभवका आधारमा प्रहरी प्रधान कार्यालयले आफुलाई सुनसरीको जिम्मेबारी तोकी पठाएको बताएका थापाले आफ्नो बदनाम गराउन लागि परेका व्यक्ति वा समूहले प्रहरीबाट आफु अनुकुल सेवा र सुविधा नपाउँदा आफुमाथि रिसिवी साँध्ने प्रयास थालेको हुन सक्ने बताए । उनले आफ्नो बदनाम गराउन चाहनेले बनावटी घटना क्रममा राजनीति समेत मिसाएको गन्ध आएको सुनाए ।सोही विषयलाई लिएर अख्तियारमा आफु विरुद्ध परेको उजुरी तर्फ इङिगत गर्दै थापाले भने, संगठनको मूल्य र मान्यताबाट विचलित नभई जिम्मेवारी निर्वाहमा खटिदा आइपरेका समस्या र चुनौतीलाई अवसरका रुपमा लिएको छु । वास्तविकता छानविन प्रतिवेदनले सबै माझ ल्याउने नै छ ।संचारकर्मीसंग आफ्ना भनाई राख्दै प्रहरी प्रमुख थापाले अख्तियारमा आफु विरुद्ध परेको उजुरी र छानविनमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताए ।उनले प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धानमा खटिएको टोलीलाई घटनाको सम्पूर्ण विवरण जानकारी गराएको बताउदै अनुसन्धान प्रतिवेदनले आफुलाई दोषी ठहर्याए सहर्ष स्विकार्दै कार्वाहीको लागि तयार हुने समेत बताए ।
प्रहरी प्रमुख थापाले खुल्ला सीमाका कारण पूर्ण रुपमा तस्करी नियन्त्रणमा लिन भने कठिनाई भैरहेको बताए । उनले सीमित स्रोत साधन र पर्याप्त जनशक्ति अभावमा तस्करी नियन्त्रण प्रहरीकालागि चुनौतिको रुपमा रहेको बताए ।स्थानीयको साथ र सहयोग अभावमा तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको बताएका थापाले स्रोत साधन र जनशक्तिले भ्याए सम्म परिचालन गरी त्यस्ता सामान बरामद गर्ने गरिएको बताए ।
एसपी थापा विरुद्ध लागुऔषध तथा सुर्तिजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई सो विषय छानविन गर्न पत्र काटेको थियो ।छानविन समितिले बयान लिने काम सकि सकेको बताएको प्रदेश प्रहरी कार्यालय स्रोतले सोही अनुरुपको व्यहोरा सहितको प्रतिवेदन अख्तियारमा बुझाउने तयारी थालिएको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !