- पर्सा : कार्तिक ११ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
मुकेश चौरसियाका हत्यामा संलग्नहरु विरुद्ध प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले पर्सामा प्रदर्शन गरेको छ । वीरगञ्जमा नेकपा का नेता कार्यकर्ताले पाँचौदिन हातमा चप्पल, जुता, कुच्चो, ढाकी, पर्साका पर्साका प्रहरी प्रमुख गंगापन्तको पुत्ला सहित प्रदर्शन गरेका हुन् ।
गएको कार्तिक ६ गते विन्दवासिनी गाउँपालिका ५ मा नेकपाको गाउँकमिटीको सपथग्रहण कार्यक्रम स्थलमा भएको दुईतर्फी झडपमा गम्भीर घाइते भएका जिल्ला सदस्य तथा गाउँकमिटी सदस्य मुकेश चौरसियाको गएको शुक्रबार मृत्यु भएको थियो ।
मृत्युको ५ दिनमा पनि उनको शवको पोस्टमार्टम हुन सकेको छैन भने प्रहरीले समेत जाहेरी दर्ता गर्न मानेको छैन ।
संलग्नहरुमाथि जाहेरी दर्ता नभएसम्म शवको पोस्टमार्टम हुन नदिने र शव नबुझ्ने नेकपाका जिल्ला इन्चार्ज रामचन्द्र साहले बताए । निरन्तर नेकपाले आन्दोलन गरिरहने इन्चार्ज साहको भनाइ छ ।
यता जिल पर्साकी प्रहरी प्रमुख गंगा पन्तले घटनामा संलग्न नभएकाहरुकको पनि जाहेरीमा नाम समावेश गरेकाले दर्ता नगरेको बताइन् । भिडियो फुटेज र अनुसन्धानको आधारमा संलग्न रहेकाहरुमाथि जाहेरी दर्ता गर्न तयार रहेको उनले बताइन् ।
नेकपाले घटनामा संलग्न राजकुमार गुप्ता, लक्ष्मण चौरसिया लगायत १२ जनामाथि किटानी जाहेरी दर्ता गराउने प्रयासमा छन् । गुप्ता नेकपाकै ओलि पक्षका नेता हुन् भने चौरसिया गएको स्थानीय चुनावमा राजपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !