भारतीय सेनाध्यक्ष नरावणेको नेपाल आउने मिति तय
नेपालसँगको सीमा विवाद क्षेत्रीय सुरक्षा चुनौतीबारे भ्रमणका क्रममा छलफल हुने
- काठमाडौं : कार्तिक ११ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
नेपालविरुद्ध अभियव्यक्ति दिएका भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको मिति तय भएको छ।
नरावणे यहीँ कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि काठमाडौं आउने भारतीय सञ्चार माध्यमले जनाएको छ। यसअघि नै नेपाल भ्रमण तय भएपनि कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण उनको भ्रमणको मिति पछि धकेलिएको थियो ।
यी हुन् एजेण्डा
भ्रमणका क्रममा जनरल नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने कार्यतालिका छ। यो परम्परा सन् १९५० देखि चल्दै आएको छ। नेपालका प्रधानसेनापतिले पनि भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको दर्जा ग्रहण गर्छन्।
यस्तै नेपालसँगको सीमा विवाद क्षेत्रीय सुरक्षा चुनौतीबारे भ्रमणका क्रममा छलफल हुने भारतीय सञ्चार माध्यमले दावी गरेका छन्।
यस्तै पछिल्लो समय नेपाल विरुद्ध आपत्तिजनक टिप्पणी गरेर विवादमा आएका नरवाणेले नेपालसँगको सम्बन्ध सुधार्न प्रयास गर्ने समेत भनिएो छ ।
भ्रमणका क्रममा नरावणेले समकक्षी जनरल पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष नागरिक र सैन्य अधिकारीहरुसँग १८ सय किलोमिटर लामो सीमासहित दुई देशबीच देखिएका महत्वपूर्ण मुद्दाहरुमा विस्तृत वार्ता गर्ने छन्। सीमा व्यवस्थापनमा जोड दिइनेछ।
सेना प्रमुखलाई नेपाल पठाउने भारतको निर्णयलाई सम्बन्ध पुनःस्थापित गर्न नयाँ दिल्लीको ठूलो अभ्यासको रूपमा लिइएको छ।
यसै नीति अनुसार सीमा विवादमा वार्ता नै गर्न नचाहिरहेको भारतले सेना प्रमुख पठाएर सम्बन्ध सुरुआत गर्न खोजेको बुझिएको छ।
यसअघि नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपाल आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा लामो छलफल गरेका थिए । गुप्तचर निकायसँगको यो गुप्त भेट भने नेपाली राजनीतिक वृत्तमा आलोचित भैरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !