- गुल्मी : कार्तिक ११ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
दशैंको मौका पारेर ठूलो दाउसहितको जुवा खालमा रमाउनेहरु प्रहरीको फन्दामा परेका छन् । गुल्मीको सो जुवाखालबाट स्थानीय जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको प्रहरी स्रोतले जानकारी दिए ।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहनप्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डेलगायतलाई छन् ।
उनीहरुलाई रेसुङ्गा नगरपालिका वडा नं. ८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !