-
बिहार विधानसभा चुनावमा तेजस्वी यादवको पल्लाभारी
-
चुनावका कारण सिमानाकामा कडा सुरक्षा चेकजाँच
-
नेपाल भारत आवतजावतमा समस्या
- झाझपट्टि : कार्तिक ११ गते मंगलवार ।।
- जनप्रभाब विशेष
विहारमा विधानसभा चुनाव नजिकिएसँगै हारजितको बारेमा बहस सुरु भएको छ । धेरैजसो राजनीतिक बिश्लेषकहरुले यस पटकको विहारसभा चुनावमा महागठवन्धनको पल्लाभारी रहेको बिश्लेषण गर्न थालेका छन् ।
विधानसभा चुनावमा महागठवन्धनले राष्ट्यि जनता दल ( राजद ) का तेजस्वी यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ भने भारतिय जनता पार्टी ( भाजपा ) ले विहारका निवर्तमान मुख्यमन्त्री नितिश कुमारलाई पुनः मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।
नितिश कुमार विहारमा दुईपटक मुख्यमन्त्री बनिसकेकाछन् भने तेजस्वी यादव भारतका चर्चित नेता लालुप्रसाद यादवका छोरा हुन् ।
विहार विधानसभा चुनावको पूर्वसन्ध्यामा नेपाल भारत सीमानाकामा सुरक्षा चेकजाँच कडा बनाईएको छ ।
सुरक्षा चेकजाँच कडा बनाईएसँगै नेपाल भारत आउजाउमा समस्या भएको छ ।
भारतसँग सीमा जोडिएको नेपालका दक्षिणी बेल्टका नागरिकको दैनिक किनमेल , औषधोउपचार र रोजगारका लागि समेत भारत जानुपर्ने वाध्यता रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !