- आलोक यादव
- सिरहा , कार्तिक ११ गते मंगलवार ।।
दशै तिहार लगायतका चाडपर्व र उत्सवहरुमा सिरहामा सँधै झैझगडा हुने गथ्र्यो । मदिरा सेवन गरेर होहल्ला गर्ने र सामाजिक बिकृती निम्तिएका घट्नाहरु पनि बिगतका चाडबाडमा प्रशस्त हुने गर्थे ।
तर यसपालीको दशैमा त्यस्तो कुनै अपृय घट्ना भएनन् । न त मदिरा सेवन गरेर सार्वजानिक रुपमा कसैले होहल्ला नै गर्यो । किन त ? किनभने यसपालीको दसैँमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाशंकर पंजियारले कडा ड्यूटी गरे ।
दसै सुरु हुनु अघि नै एसपी उमाशंकर पंजियारले सिमा देखि गाउँ देखी सहर सम्ममा पुगेर घरेलु मदिरा भारीमात्रा नियन्त्रणमा लिएर नष्ट गरे । २४ सै घण्टा सुरक्षा ब्यवस्था कडा गरे । त्यसैले यसपाली दसैमा सिरहाको १७ वटै स्थानीय तहामा त्यस्तो अपृय घट्ना घटेन ।
दसैमा शान्तिसुरक्षा कायम गर्न अहोरात्र खटेका एसपी उमाशंकर पंजियारको कामप्रतीको लगन देखेर अहिले सिरहाबासी भन्ने गर्छन् , वाह , एसपी हुन त उमाशंकर पंजियार जस्तोजस्तो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !