- नेपालगंज : कार्तिक १० गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
सशस्त्र प्रहरीले अबैध भारतीय मुद्रा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नं ३१ गण हेडक्वाटर बर्दिया तथा मातहत कार्यालयबाट खटिगएको गस्ती टोलीले बर्दिया जिल्लाका बिभिन्न नाकाहरुबाट भारतबाट अबैधरुपमा नेपालतर्फ प्रवेश गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ किरण नाला बस्ने बर्ष ३५ की बिमला शाहीलाई खानतलासी गर्दा उनको झोलामा भारतीय प्रतिबन्धित रु ४ लाख ५ हजार पाँच सय फेला परेकोले महिलालाई सशस्त्र प्रहरी बल पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !