लागुऔषध जस्तो संवेदनशील विषयमा प्रहरीले रकम लिएर कोही कसैलाई छाड्नै नसक्ने
- सुनसरी : कार्तिक ९ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाले कमाउ धन्दामा लागेको भन्ने आरोप प्रमाणित भए कारवाही भोग्न तयार रहेको बताएका छन् । एसपी थापाले लागुऔषध सहित पक्राउ परेकाबाट रकम लिने गरेको भनि आफु विरुद्ध परेको उजुरी प्रमाणित भए विभागीय कार्वाहीको लागि तयार रहेको बताएका हुन् ।
उनले आफुमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । रकम दिनेलाई छाड्ने र नदिनेको हकमा कार्वाही थाल्ने आशयको उजुरी अख्तियारमा परेको विषय विभिन्न संचारमाध्यम मार्फत बाहिर आएसँगै उनले त्यसमा सत्यता नभएको बताएका हुन् ।
एसपी थापाले आफ्नो बदनाम गराउन केहि व्यक्ति र समूह सुनियोजित रुपमा लागि परेको बताए । उनले विगतका वर्षको दाँजोमा लागुऔषध विरुद्धको अभियानमा उल्लेखनीय सफलता हात लाग्दै गएको अवस्थाका बिच सोही विषयलाई जोडेर रकमको मोलमोलाई गर्ने गरेको भनि आफुमाथि लगाइएको आरोप बदनीयत पूर्ण भएको बताए ।
कार्यकक्षमा संचारकर्मीहरु सँगको कुराकानीमा एसपी थापाले भनेर्, सुनसरी प्रहरीले लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनले निकै सफलता हात पारेको छ । वर्षौदेखि लागुऔषधको कारोबार गर्दै आएकाको चेन समेत तोडिएको छ । तर, अफसोच पूर्वक भन्नु पर्छ, प्रहरीका राम्रा काम नदेख्नेले प्रहरीको खैरो खन्ने काम मात्र गरिरहे ।
उनले पूर्वमै लागुऔषध कारोबारको हिसाबले अग्रणी स्थानमा रहेको सुनसरीमा स्विप अपे्रसन चलाई प्रहरीले नियन्त्रणका प्रयास थाल्दा प्रहरी प्रमुख उपर कमाउ धन्दामा लागेको आरोप लगाइनु नियोजित भएको बताए ।
एपसी थापाले लागुऔषध जस्तो संवेदनशील विषयमा प्रहरीले रकम लिएर कोही कसैलाई छाड्नै नसक्ने बताए । प्रहरीको अनुसन्धान र रणनीति आफ्नै तवरको हुन्छ । जसलाई धेरैजसो अवस्थामा सार्वजनिक गर्न मिल्दैन्, थापाले भने ।
अपराध रहित समाज निर्माणमा जुट्दा समाजकै अङग भएकाले समेत कतिपय अवस्थामा प्रहरीले अभिभावकीय भूमिकामा रहेर काम गर्नु पर्ने हुन सक्छ । जसमा आवश्यक्ता भन्दा बढी विषय उठान गरेर व्यक्ति र सिङगो संगठनको बदनाम गराउनु दुर्भाग्य हो ।
सिआइबीमा समेत रहेर काम गरेको अनुभवका आधारमा प्रहरी प्रधान कार्यालयले आफुलाई सुनसरीको जिम्मेबारी तोकी पठाएको बताएका थापाले आफ्नो बदनाम गराउन लागि परेका व्यक्ति वा समूहले प्रहरीबाट आफु अनुकुल सेवा र सुविधा नपाउँदा आफुमाथि रिसिवी साँध्ने प्रयास थालेको हुन सक्ने बताएका छन् । उनले आफ्नो बदनाम गराउन चाहनेले बनावटी घटना क्रममा राजनीति समेत मिसाउन खोजेको बताए ।
सोही विषयलाई लिएर अख्तियारमा आफु विरुद्ध परेको उजुरी तर्फ इङिगत गर्दै थापाले भने, संगठनको मूल्य र मान्यताबाट विचलित नभई जिम्मेवारी निर्वाहमा खटिदा आइपरेका समस्या र चुनौतीलाई अवसरका रुपमा लिएको छु । वास्तविकता छानविन प्रतिवेदनले सबै माझ ल्याउने नै छ ।
उनले प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धानमा खटिएको टोलीलाई घटनाको सम्पूर्ण विवरण जानकारी गराएको बताउदै अनुसन्धान प्रतिवेदनले आफुलाई दोषी ठहर्याए सहर्ष स्विकार्दै कार्वाहीको लागि तयार हुने समेत बताए ।
एसपी थापा विरुद्ध लागुऔषध तथा सुर्तिजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई सो विषय छानविन गर्न पत्र काटेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !