- सिरहा : कार्तिक ९ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
बोदे बर्साइन नगरपालिकाका प्रमुख मेयर आतेश कुमार सिंह यादवले सचेत भई दसैं, तिहार र छठ मनाउन नगरवासीलाई आग्रह गरेका छन । चाडपर्वमा हुने भीडभाडलाई लक्षित गरेर मेयर यादवले त्यसो भनेका हुन ।
यादवले भने, ‘कोरोना संक्रमणको फैलने दर र मृत्यु दर बढेको र जोखिम अझै रहिरहेकोले चाडपर्व घरमै बसी मनाउनु उचित हो ।’ चाडपर्व नजिकिएसँगै मानिसहरु यसै बेला आफ्नो मनोकांक्षा भाकल पूरा गर्न विभिन्न शक्तिपिठ र मठमन्दिरहरुमा पूजाअर्चनाका लागि जाने गरेका छन् त्यसो गर्दा जोखिम बढ्न सक्ने उनको भनाई रहेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत सुचना जारी भीडभाड नगर्न गराउन अनुरोध गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !