प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै नेता यादवले भने– ‘घमण्ड र अहंकारले तानाशाही बनाउँछ र अन्तत : त्यस्ता मुलुकमा दम्भमा उन्माद भएका शासक कहीँ पनि टिक्न सकेको छैन ।
- काठमाडौं : कार्तिक ९ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का स्थायी सदस्य मातृकाप्रसाद यादवले मुकेश चौरसिया हत्यामा संलग्न व्यक्तिलाई प्रधानमन्त्री केपी ओली शर्माले नै संरक्षण गरीरहेको आरोप लगाएका छन् । शनिबार वीरगंजमा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले न्यायको लागि आन्दोलन गर्ने र यसबाट उत्पन्न पस्थितीको जिम्मेवारी स्थानिय प्रशासन, गृहमन्त्री र प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै नेता यादवले भने– ‘घमण्ड र अहंकारले तानाशाही बनाउँछ र अन्तत : त्यस्ता मुलुकमा दम्भमा उन्माद भएका शासक कहीँ पनि टिक्न सकेको छैन ।’ विरोध प्रर्दशनमा नेकपाका प्रदेश–२ का सह ईन्चार्ज नागेन्द्र चौधरीले चौरसिया हत्याको घटना पार्टीको आन्तरिक मामिला नभएको स्पष्ट पारे ।
जिल्ला प्रहरी कार्यालय पर्साले नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्यारा विरुद्ध मुद्दा दर्ता गर्नमा आनाकानी गरिरहेको छ । मृतक चौरसियाको परिवारजन किटानी जाहेरीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराउन पुग्दा प्रहरीले आलटाल गरिरहेको आरोप छ ।
मृतक परिवारजनले किटानी जाहेरी दिदाँ समेत जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता नगरेपछि नेकपाका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् । पीडित परिवारजनले दिएको जाहेरी प्रहरीले लिन अस्वीकार गरेपछि पूर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव समेतले हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा घेराउ गरेका थिए ।
प्रदर्शनकारीहरुले प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गर्दै दोषीलाई कारवाही गर्नुपर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने र पिडित परिवारलाई उचित क्षतिपुर्ती दिनुपर्ने लगायतका माग राख्दै प्रहरी कार्यालय घेराउ गरेका थिए ।
नेकपा पर्सा विन्दवासनी गाउँपालिका कमिटीको बिहीबार आयोजित सपथ ग्रहण कार्यक्रममा योजनावद्धरुपमा आक्रमण गर्दा नेकपा गाउँकमिटी सचिव समेत रहेका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको थियो । सपथ ग्रहण कार्यक्रम चलिरहेको बेला बाहिरबाट आएका एक समूहले विवाद गर्दै आक्रमण गरेका थिए ।
घटनामा प्रहरीले हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ । झडपमा समान्य घाईते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार्थ र चौरसिया हत्यामा संलग्नको आरोप लागेका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाट नै फरार छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !