कार्तिक ६ गते बिहिवार
सशस्त्र प्रहरी बल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) दिपेन्द्र गिरीको अनुगमनसँगै नाकाहरुमा कडाई गरिएको छ । खुल्ला सिमानाको कारण अवैध गतिविधिको साथै कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यतिबेला बोर्डर सिल गरिएको छ ।बोर्डरमा हुन सक्ने सम्भावित आवतजावत रोक्न सुरक्षाकर्मीको संख्या समेत थप्दै लगिएको छ ।
खुल्ला सिमानाको कारणले हुँदै आएको गतिविधि नियन्त्रण गरन , मोबाईल टोलीलाई सक्रिय गर्ने र चेक प्वाइन्ट बढाईएको छ सिमानाकाहरु सुरक्षित गर्ने निर्देशन दिएको एसपी गिरिले बताएका छन् । आर्थिक प्रलोभनमा परी देशको अस्तित्व संकटमा राख्ने जोकोहिलाई कडा भन्दा कडा कारवाहि गरिने वाहाँले बताए
फेसबुकबाट तपाईको प्रतिक्रिया !