- काठमाडौं : कार्तिक ८ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्ने जानकारी दिएको छ । केपी ओली नेतृत्वको संघीय सरकारले आफै व्यहोर्नुपर्ने निर्णयलाई बहिष्कार गर्दै कर्णाली प्रदेशले कोरोनाको लक्षण देखिएका र अस्पताल भर्ना गर्नुपर्ने जटिल अवस्थाका संक्रमितहरुको उपचार निःशुल्क गर्ने घोषणा गरेको हो ।
कर्णालीका १० वटै जिल्लामा कोरोना संक्रमित विरामीको निशुल्क उपचार हुने सामाजिक विकास मन्त्री दल रावलले बताए । आधा भन्दा बढी गरिबीको दर रहेको कर्णालीमा महामारीका बेला सरकार पन्छिन नहुने र सबैले शुल्क तिरेर पीसीआर जाँच गर्न सक्ने अवस्था नरहेको उनले सुनाए ।
भर्खरै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध ओलीको निर्देशनमा अविश्वासको प्रस्ताव आएको थियो । तीनै शाहीले ओलीको निर्णयलाई ‘धोती’ लगाइदिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !