- काठमाडौं : कार्तिक ७ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
नेकपा (क्रान्तिकारी माओवादी) ले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग प्रसाद ओलीले रअका प्रमुखलाई भेट गरेको प्रति घोर बिरोध तथा तीव्र भत्र्सना गरेको छ ।
पार्टीका महासचिव मोहन वैद्य. किरणले वुधवार एक प्रेश विज्ञप्ती जारी गरि नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीद्धारा देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारीको आभाष दिएको भन्दै तिव्र भत्सर्ना गर्नु भएको हो ।
विज्ञप्तीमा यही २०७७ कार्तिक ५ गते राती नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर विभिन्न विषयमा छलफल गरेको कुराले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको दावी गर्दै त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ भनिएको छ ।
क्रान्तिकारी माओवादीले पार्टी यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपील गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !