- काठमाडौं : कार्तिक ७ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
महानगरीय अपराध महाशाखा काठमाडाैंले कस्तुरीकाे विनासहित दुई जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा काभ्रेकाे पाँचखाल नगरपालिका-८ चिसापानीका ३९ वर्षीय पासाङ लामा र रामकुमार लामा रहेका छन् ।
उनीहरूकाे साथबाट महाशाखाकाे टाेलीले २७ ग्राम ताैल भएकाे कस्तुरीकाे विना एक थान र बिभिन्न कम्पनीका ४ थान माेबाइलसमेत बरामद गरेकाे छ ।
काठमाडाैंकाे दरबारमार्ग क्षेत्रमा कस्तुरीकाे विनाकाे अबैध काराेबार गर्न लागिएकाे बिषेश सूचनाकाे आधारमा उनीहरूलाई बिहीबार दिउँसाे महाशाखाकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे । यसबारे थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !