-
विराटनगर : कार्तिक ७ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर बाबु कार्कीले बिहिबार दिउँसो मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुको र सिमा क्षेत्रको आकस्मिक रुपमा स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
नेपालीहरुको महान चार्ड विजया दशमी, दिपावाली लगायतका चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागूऔषध ओसारपसार लगायतका सिमावर्ती अपराधहरु हुन गर्न नदिन कडाईका साथ लक्षीत् शुरक्षा योजना लागु गर्न प्रहरी कर्मचारीहरुलाई डीआईजी कार्कीले निर्देशन दिएका छन् ।
साथै डीआईजी कार्कीले सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कार्य सम्पादनको क्रममा कोभिड-१९ को मापदण्डको पालना गरी उच्च मनोवलका साथ प्रभावकारी भुमिका निर्वाह गर्न समेत उत्प्रेरित गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !