Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपीले घुस मागेको गुनासो आइजीपी शैलेश थापा क्षेत्रीसमक्ष पुगेपछि प्रहरीको टेण्डर रद्द


  • काठमाडौं : कार्तिक ६ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता


प्रहरीले दुई महिनाअघि गरेको ऊलन सर्ट, ऊलन पाइन्ट, रुकस्याग ब्याग, झुल, ब्यारेट क्पाप लगायतका सामानको बोलपत्र रद्द गरेको छ । असोज ११ मा खोलिएको बोलपत्रमा मागिएका सामानमध्ये टपबुट र पेटीको बन्डलको टेण्डर स्वीकृत गरी अरु सबैको रद्द गरिएको छ । प्रहरीले बोलपत्र रद्द भएको आधिकारिक सूचना भने निकालेको छैन । आइजीपी थापाको निर्देशन अनुसार टेण्डर रद्द गरिएको समाचार छ ।

बोलपत्रमा भाग लिएका ठेकेदारसँग प्रबन्ध निर्देशनालयका एसपी प्रेम बस्नेतले घुस मागेको सूचना आइजीपी शैलेश थापा क्षेत्रीसमक्ष पुगेपछि उनले रद्द गर्न निर्देशन दिएका छन् । एसपी बस्नेतले हात्तीगौंडामा निर्माण गरिरहेको घरका लागि रकम माग गरेको बिषय आइजीपीसम्म पुगेकै कारण उनले टेण्डर रद्द गर्न निर्देशन दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार ठेकेदारहरुबाटै एसपीले घुस मागेको सूचना आइजीपीसम्म पुगेको हो । एसपी बस्नेतले घुस मागेको सूचना पाएपछि आइजीपीले बोलपत्र रद्द गर्न लगाएका छन् भने उनलाई पनि प्रबन्धको जिम्मेवारीबाट हटाउन तयारी भइरहेको छ ।

एसपी बस्नेतले रकम माग गरेपछि सबैभन्दा धेरै सामानको टेण्डर पाउन लागेका राजमान मिश्रले काम नभई दिन नसकिने अडान राख्दैआएका थिए । प्रहरीले गरेको बोलपत्र रद्द भएकोबारेमा प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी नभएको बताउँदै प्रबन्धका एसपी प्रेम बस्नेतसँग सम्पर्क गर्नू भने । एसपी बस्नेतले केही सामानको बोलपत्र सदर भएको र केहीको रद्द भएको जानकारी दिए ।

एसपी बस्नेत र आर्थिक प्रशासन महाशाखादेखि प्रबन्ध निर्देशनालयको समेत निमित्त प्रमुखका जिम्मेवारी पाएका एसएसपी पुरुषोत्तम कँडेलकै कारण ठेक्का रद्द हुने अवस्थामा पुगेको छ । डीआइजी हुनुपर्ने प्रबन्धको प्रमुख एसएसपी कँढेललाई नै दिइएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले खरिदमा हुने सेटिङ रोक्न गुणस्तर परीक्षणका लागि भारतको चेन्नई, दिल्ली वा सिंगापुरमा पठाउने चेतावनी दिएका छन् । बोलपत्र पेश गर्दा दिएको नमूना चेन्नईमा टेष्ट गरे सामान बुझाएपछिको नमूना दिल्ली वा सिंगापुरमा पनि पठाएर गुणस्तर परीक्षण गर्ने प्रणाली सुरु गरेपछि प्रहरीको पछिल्लो ठेक्कामा रैथाने ठेकेदारहरुले टेण्डर नै हालेका छैनन् । जुन ठाउँमा नमूना परीक्षण गर्यो, सामान बुझाएपछिको गुणस्तर पनि त्यहीँ टेष्ट गर्दा सेटिङ हुने गरेको समाचार सार्वजनिक भएपछि आइजीपीले फरक फरक ठाउँमा टेष्ट गर्न सुरु गरेका हुन् ।

प्रबन्धका एसपी बस्नेत ०५१ सालका असई हुन् । ३० वर्षे सेवा अवधिका कारणले पनि उनको जागिर अवधि ०८१ सम्म मात्रै बाँकी छ । उनलाई ठाकुरप्रसाद ज्ञवालीले प्रबन्धमा ल्याएका हुन् । ज्ञवाली कन्चनपुरमा कार्यरत हुँदा मल्ल उनीसँगै बसेकाले त्यही सम्बन्धका आधारमा उनलाई प्रबन्धमा ल्याएका थिए । हालका आइजीपी थापाले प्रबन्धका इन्स्पेक्टर केशव गौतमलाई सरुवा गरी परशुराम मल्ललाई ल्याए पनि एसपी बस्नेतलाई भने यथावत नै राखेका थिए । तर ठेकेदारसँग घुस मागेको बिषयले उनी बस्नेतसँग चिढिएका छन् ।

प्रहरीले कपडा लाउनै नपाउने ?

विगतमा उपेन्द्रकान्त अर्यालले आफ्नो कार्यकालभर प्रहरीको लत्ताकपडा लगायतका सामान नै खरिद नगरी बिदा भएका थिए । त्यस्तै सामान नै खरिद नगरेपछि विवाद नहुने मनस्थितिमा हालका आइजीपी थापा पनि पुगेको आशंका प्रहरीमा गरिएको छ । उपेन्द्रकान्त अर्यालले प्रहरीको तलब र रासनसहित टीएडीएबापतको रकम बैंकिङ सिष्टमबाट भुक्तानी हुने ब्यवस्था मिलाएका थिए । विगतमा प्रहरीले पाउने रासन र टीएडीएमा हाकिम र लेखापालले अनियमितता गर्ने गरेका थिए । तर बैंकिङ सिष्टम लागू भएपछि रासन र टीएडीएमा अनियमितता गर्ने क्रम बन्द भएको थियो । तर उनले तत्कालीन एआइजी राजेन्द्रसिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाली दुःख दिने भयका कारण चुस्ता र अरु बन्दोबस्तीका सामान भने खरिद नै नगरी बिदा भएका थिए । यसैगरी टेण्डर रद्द हुने हो भने बजेट नै फ्रीज हुने अवस्था आउने भएको छ ।

अहिलेका आइजीपी थापाको कार्यकालमा पनि प्रहरीले जाडोमा न्यानो कपडा नपाउने भएका छन् । ऊलन सर्ट र पाइन्टको टेण्डर नै रद्द भएपछि अर्को टेण्डर गरी खरिद गर्दा जाडो सकिसक्छ । यसैगरी टेण्डर रद्द हुँदै जाने हो भने वर्तमान आइजीपीको १९ महिना बाँकी कार्यकालमा पनि लत्ताकपडा खरिद नहुने संभावना देखिन्छ । जबकि तत्कालीन आइजीपी सर्वेन्द्र खनालको कार्यकालको अन्तिम अन्तिममा आर्थिक प्रशासनका तत्कालीन एसएसपी दीपक थापाले जिल्लाबासी अर्थसचिव शिशिरकुमार ढुंगानालाई विश्वासमा लिई ९० करोड रुपैयाँ प्रहरीको लत्ताकपडाको बजेट हाल्न सफल भएका थिए ।नेपाल फेस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh