- बारा : कार्तिक ६ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
बारा प्रहरीले आईपीएल क्रिकेटमा सट्टेबाजी गराउने तिन जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बाराकाे कलैया उपमहानगरपालिका-१ राजदेवी टोल बस्ने २५ वर्षाका राजुकुमार यादव, २७ वर्षका दिपक कुमार सरार्फ र मोतिबाग टोल बस्ने २९ वर्षका रबि दास रहेका प्रहरीले जनाएकाे छ ।
कलैया उपमहानगरपालिका-१ राजदेवी टोल स्थित राजुकुमार यादवको घरमा किङ्गस इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिमबिचको खेलमा सट्टाबाजी खेलाइरहेकाे बिषेश सूचनाकाे आधारमा खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।
उनीहरूकाे साथबाट सट्टेबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक, एक लाख सतहत्तर हजार पचास रूपैया नगद, २ थान मोबाइलसमेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।
पक्राउ परेका तीनै जनाबिरूद्ध सट्टेबाजी मुद्दा अन्तर्गत जिल्ला अदालत बाराबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !