- काठमाडौं : कार्तिक ५ गते बुधबार ।।।
- जनप्रभाब – सम्बादाता
महान चाड विजया दशमीकाे लगत्तै २०७७ कात्तिक १८ गते भारतीय सेनाका जनरल थलसेनाध्यक्ष मनोज मुकुंद नरवणेकाे नेपाल भ्रमण हुन गइरहेकाे छ ।
भारतीय सेनाका जनरल थलसेनाध्यक्ष मनोज मुकुंद नरवणेकाे नेपाल भ्रमणकाे तयारीका लागि भारतीय सुरक्षा निकाय र कूटनीतिक नियाेगका विशिष्ट व्यक्तिहरूकाे नेपाल भ्रमण हुन थालेकाे हो ।
यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री अन्तरगत रहेकाे विश्वमै चर्चित गुप्तचर संस्था रिसर्च एण्ड एनालेसिस विङ(Research and Analysis Wing) का प्रमुख सामन्त कुमार गाेयल भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे समेत विशेष सन्देश लिएर काठमाडाैंमा आएकाे स्राेतकाे दावी छ ।
स्राेतका अनुसार, रअका प्रमुख सामन्त कुमार गाेयलकाे याे दाेस्राे अनाैपचारिक काठमाडाैं भ्रमण हाे । यस पटक उनीसंगै अर्का एकजना भीआईपी पनि आएका छन् ।
भारतीय गुप्तचर चीफ सकेसम्म आजै साँझ नयाँ दिल्ली फर्किनेछन् । नभए भाेलि विहान नाै बजे फर्किने कार्यक्रम रहेकाे स्राेत बताउछ ।
छाेटाे समयका लागि काठमाडाैं उत्रिएका रअका प्रमुख सामन्त कुमार गाेयलले भीभीआईपीहरूसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेकाे स्राेत बताउछ ।
भारतीय प्रधान सेनापति मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको आवश्यक तयारी र सुरक्षा अवस्थाका बारेमा दुई भारतीय वरिष्ठ कूटनीतिज्ञहरु नेपाल आइपुगेका हुन् । यी दुई कूटनीतिज्ञ भारतीय सेनाकाे ग्लोबल–५००० विमानमा काठमाडौं अवतरण गरेका हुन् ।
भारतीय प्रधानसेनापति मनोज मुकुन्द नवरणेको नेपाल भ्रमणको तयारी र अन्य सुरक्षा व्यवस्थाको विषयमा नेपाली पक्ष र काठमाडाैंस्थित भारतीय पक्षसंग छलफल गर्नका लागि दुई वरिष्ठ कूटनीतिज्ञहरु विशेष मिशनसहित काठमाडाैं आइपुगेका हुन् ।
स्राेतका अनुसार, ९–सदस्यीय टोलीको नेतृत्व गर्दै ‘रअ’ प्रमुख समन्तकुमार गोयल आइपुगेका हुन् । उनीसँगै आएका अर्का वरिष्ठ कूटनीतिज्ञको बारेमा भनेर जानकारी हुन सकेकाे छैन ।
यी कूटनीतिज्ञहरुको नेपाल भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालयले हवाई उडड्यन प्राधिकरणलाई आवश्यक प्रक्रिया पु¥याउन र ‘कूटनीतिक स्वीकृति’ प्रदान गर्न पत्राचार गरेको थियो ।
२०२० नोभेम्बर ३ तारिखमा नेपाल भ्रमण गर्ने भनिएको भारतीय सेना प्रमुख नरवणेले दुई महिना पहिले नेपालले चीनको इशारामा लिपुलेकलाई नेपालको नक्सामा राखेको विवादास्पद राजनीतिक टिप्पणी गरेका थिए ।
स्रोतका अनुसार, यी कूटनीतिज्ञहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्नेछन् र भारतीय प्रधानसेनापतिको नेपाल भ्रमणलाई विशेष भ्रमणकाे रूप दिन र सुरक्षा, सीमा विवाद र अन्य विषयमा छलफल भएकाे बताइएको छ ।
रअका प्रमुख सामन्त कुमार गाेयलकाे काठमाडाैं भ्रमणले अति नै महत्वपूर्ण दुई छिमेकीका बीच केही समयदेखि उत्पन्न विवाद समाधान गर्न मद्दत पुग्ने अपेक्षा नेपालले गरेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !