- काठमाडौं : कार्तिक ५ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो मौसममा कोरोना संक्रमण बढ्दै जाने भन्दै आवश्यक पूर्वतयारी गर्न सबै पृतनाहरूलाई निर्देशन दिनुभएको छ ।
तीन दिने पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले जाडोमा संक्रमण बढ्दै जाने पूर्वानुमान अनुसार सम्बन्धित सरोकारवाला निकायसँगको निरन्तर समन्वय गरी आवश्यक पूर्वतयारी गर्न निर्देशन दिनुभएको हो ।
यसका साथै उहाँले सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले संगठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पु¥याएको पनि बताउनुभएको छ ।
त्यस्तै, उहाँले महामारीको समयमा आफ्नो फौज र उनीहरुका परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पु¥याउन पनि आग्रह गर्नुभएको छ । साथै संक्रमण भइहालेको खण्डमा पनि उचित उपचारको व्यवस्था मिलाउन, हौसला कायम राख्न समेत आग्रह गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !