- धनगढी : कार्तिक ५ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
धनगढी उप-महानगरपालिका – १२ स्थितमा रहेको अस्थायी प्रहरी विट जुगेडामा कार्यरत दुई प्रहरीको हत्यामा संलग्न भएका आरोपमा पक्राउ गरेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
नेपालबाट केराउ भारत तर्फ तस्करी गरिरहेका उनीहरुलाई शनिबार साँझ गस्तीमा रहेको प्रहरीले समात्न खोज्दा तस्करहरु प्रहरी माथिनै जाई लागेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रक्राउ पर्ने कैलाली धनगढी उपमहानगरपालिका–१० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गम्मर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।
उनीहरुलाई कतव्र्यज्यान अन्तर्गत मुद्या दायर गरी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । गत शनिबार साँझ प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद मोटर साइकलमा गस्तीमा गएको बेला तस्कारहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करहरुले प्रहरीमाथि आक्रमण गरी हत्या गरेका हुन ।
उनीहरु उल्टै प्रहरीमाथि जाइलागेर घरेलु हतियार प्रयोग गरि दुवै जनाको घाटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिब विष्टले जानकारी दिए ।
हत्या गरिएका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव नेपाल भारत सीमा नजिकै मोहना नदीमा किनारमा आइतवार बिहान फेला परेको थियो भने प्रहरी जवान रामबहादुर साउदको शव मंगलवार दिउसो मोहना नदीमा फेला परेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !