- सिरहा : कार्तिक ४ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
अवैध ढंगले भारतीय मोटरसाईकलमा सीमापारीबाट भित्र्याएको कपडासहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उ.न.पा. ८ का बिनोद दास तत्मा छन् । ज १० प ४२१५ नम्बरको मोटरसाइकलमा कपडा लिएर आइरहेका दासद्वयलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि भन्सार ठाडी बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी(डिएसपी) शालिग्राम पौडेलले बताए ।
बरियारपट्टि प्रहरीले रजनिगन्धा २० प्याकेटसहित मोटरसाइकल सहित मानिसलाई पक्राउ गर्यो । BR.32 .AD.8472 नम्बरको मोटरसाइकलमा लोड अबैध रजनिगन्धा सहित मोटरसाइकल चालक सिरहाको बरियारपट्टी गा.पा.४ बस्ने बर्ष २८ को हमिद मियालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय ठाडि बुझाएको डिएसपी पौडेलले बताए ।
सिरहा प्रहरीले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ । भन्सार छलेर भित्र्याइएका सामान र सामान बोक्न प्रयोग गरिने सवारीसाधन र मानिस प्रहरीको नियन्त्रणमा आउने गरेका छन् । पछिल्लो समय तस्करीमा संलग्न भागेकाले नियन्त्रणमा लिन नसकेको जवाफ प्रहरीबाट बिरलै आउँछ ।
तीन सालअघि सम्म सिरहाको सीमावर्ती झाझपट्टी, नरगी, कजरा, कुसन्डी, बरियारपट्टी, ठाढी तस्कर गर्ने ठाउँ उर्वर नाका थिए । लहानमा भण्डारण गरिने चिनियाँ स्याउ पिकअप जिप, ट्याक्टर र मिनी ट्रकमा दिउँसै सीमाक्षेत्रका यी बजारमा भण्डारण गरिन्थ्यो । त्यहाँबाट सुरक्षित समयमा पारि पुर्याइन्थ्यो । सीमावर्ती नवराजपुर गाउँपालिकाका अध्यक्ष बिश्वमोहन यदाव भन्छन,‘ तीन साल देखि जिल्ला प्रमुख फेरिएसँगै सीमावर्ती क्षेत्रमा तस्करको राजपनि समाप्त भएको छ ।’ वारिपारी तस्करी धन्दा अचानक बन्द भएपछि तस्कर गर्नेहरुबाट उनले थाहा पाएछ नयाँ आएको प्रहरी प्रमुखको करामत रहेछ । सीमानाकामा तायनाथ उही प्रहरी हो तिन सालअघिसम्म तस्करसँगै खानपिन गथ्र्यो यादवले भने,‘अहिले उनैले तस्करको सामान समाउँछ ।’
यता सिरहाको ठाढीनाकाको मदिरा तस्करीको ताजपनि पछिल्लो समय खोसिएको स्थानीय संकरले बताए । यो नाका पहिला मदिरा भारत तस्करीका लागि सहज थियो उनले भने,‘पछिल्लो समय यो नाका ठप्प बनेको छ ।’ स्थानीय स्तरमा सुरक्षाकर्मीसित लाइन मिलाएर मदिरालगायतका सामान तस्करी हुँदै आएकोमा पछिल्लो तीन साल देखी जिल्लामा प्रहरी नेतृत्व फेरिएसँगै आचरण विपरित कार्य गर्ने प्रहरीउपर पनि कारबाही चलाइएको छ । जसका कारण प्रहरीहरु तस्करीका सामानमा बारगेनिङ गर्न हत्किएका छन् ।
‘अहिले बोर्डरको दृश्य देख्दा पत्यार लाग्दैन, यहाँ सुशासनको राज फर्किएको छ,’ झाझपट्टि का आनन्द यादवले भने, ‘साँझ परेदेखि बिहानसम्मै वारिपारि सामान ल्याउने पुर्याउने क्रम ठ्यापै रोकिएको छ ।’
सिरहा प्रहरी प्रमुख(एसपी) उमाशंकर पंजियारका अनुसार तीन महिनामा प्रहरीले करिब ४० लाख बराबरको सामान पक्राउ गरि भन्सारमा बुझाइसकेको छ । कानुनले निषेध गरेको काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन इमान्दार प्रयास गरिरहेको छु, उनले भने,‘मातहतलाई पनि इमान्दारपूर्वक चोरीतस्करी नियन्त्रणमा सक्रिय हुन भनेको छुँ ।’ आचरण विपरितका काम गर्ने प्रहरीलाई कारबाही पनि गरेको छुँ, उनले भने । अशल काम गर्नेको मनोबल बढाउनेगरी पुरस्कृत समेत गरेको उनले बताए ।

















