- नवलपरासी : कार्तिक ४ गते मंगलवार ।।
- संजय कुशवाहा
पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट एक कार सहित १५ लाख ५० हजार ३ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बर्दघाट नगरपालिका वडा न.४ टिसियन चोकस्थित बा ६ चा ५४०८ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा लैजाँदै गरेको हुक जकेट ,टाउजर ,सर्ट ,पाईट लगायत विभिन्न कपडा फेला परेपछि उक्त कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त कपडाको करिब २ लाख ५७ हजार ४ सय मुल्यको र कारको मुल्य ११ लाख गरि जम्मा १३ लाख ५७ हजार ४ सय मुल्य बराबरको इलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रण गरेको छ ।
यसैगरी सोही नगरपालिका वडा न.१० भुतहा चोक स्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा लैजाँदै गरेको करिब १ लाख २४ हजार २ सय मुल्य बराबरको प्याज ,मसुरो ,घासको बिउ ,तोरीको बिउ लगायतको समान इलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रण गरेको छ ।
यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा न. १ झरहि खोलाबाट करिब ६८ हजार ७ सय मुल्य बराबरको भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको पितलको दियो ,कचौरा , सिलवरको जग ,कालो पलास्टिक लगायत समान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
उक्त सामान मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछी सामान छाडी मोटरसाइकल लिई मानसिक भागेका थिए । नियन्त्रणमा लिएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !