- काठमाडौं : कार्तिक ३ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
प्रस्तावित दुई राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नीतिगत भ्रष्टाचारको उजुरी परेको छ ।
अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ ।
कोविरूद्ध कति/कति उजुरी परेका हुन् खुलेको छैन । उजुरीकर्तालाई बोलाउनका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गरिने समितिले जनाएको छ । दस दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको समितिले दुईजनाविरुद्धमा परेका चार उजुरी खोलेको हो ।
पूर्वअर्थमन्त्री खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !