- काठमाडौं : कार्तिक ३ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
पछिल्लो समय देश भरीमा एनआईसी एशिया बैंकबाट रकम झिक्ने र खाता बन्द गर्नेहरुको संख्या बढेको छ । कतिपयले बैंकसँगको लफडा भोग्न र उजुरी हाल्न भन्दा खाता नै बन्द गर्ने सजिलो बाटो अपनाएका छन् ।
समाचार स्रोतका अनुसार देशभरीका शाखाबाट गरी करिव १३ हजार ग्राहकले खाता बन्द गरेका छन् । एनआईसी एशिया बैंकले ग्राहकको रकम झिकेको समाचार आएपछि एनआईसी एशिया बैंकका ग्राहकहरु हच्किएका छन् । एनआईसी एशिया बैंकका बिरुद्ध धेरै सुचनाहरु आएपछि र बैंकले रकम नै गायब बनाएको भन्दै ग्राहकले पीडा व्यक्त गरेपछि बैंकिङ खबरले नेपाल राष्ट्र बैंकमा एनआईसी एशिया बैंकका विषयमा जानकारी लिने जमर्को गर्यो । नेपाल राष्ट्र बैंकमा हालसम्म उक्त बैंकका बिरुद्ध करिव ३ सय उजुरी परेका छन् ।
ग्राहकहरुले आफू ठगीएको महसुस गरेपछि उक्त बैंकबाट खाता बन्द गर्न थालेका हुन् । हरेक दिनजसो एनआईसी एशिया बैंकका बिरुद्ध मुद्धाहरु पर्न थालेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई सुछ्म निगरानीमा राखेको छ । यसअघि पनि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि पटक पटक कार्बही गरिसकेको छ । तर अहिले भने अत्याधिक उजुरीहरु बढेको राष्ट्र बैंक स्रोतले जनाएको छ । कुनै पनि बैंकबाट ग्राहकले ठगिएको महसूस गरेमा केन्द्रीय बैंकमा उजुरी गर्न सक्छ ।
सोही अनुसार नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा पनि केही उजुरीहरु विभिन्न बैंकवित्तका विरुद्ध पर्ने गरेका छन् । पछिल्लो समय राष्ट्र बैंकमा आएका अधिकाँस उजुरी एनआईसी एशिया बैंकका विरुद्धमा छन् । सयौ उजुरीहरु परेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई छिट्टै छानविनको दायरामा ल्याउने तयारी गरेको राष्ट्र बैंक स्रोलको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !