अशक्तका लागि घरमै स्वाब सङ्कलनको व्यवस्था
- बिराटनगर : कार्तिक २ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
बिराटनगरको बुढीगंगा गाउँपालिका वडा नम्बर –२ टंकीसिनवारी स्थितमा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले न्यून शुल्कमा पीसीआर जाँच सुरु गरेको छ । विराट मेडिकल कलेजले १ हजार ५ सय ५० रुपैयाँमा पीसीआर जाँच सुरु गरेको अस्पतालका माइक्रोबायोलोजिस्ट डा. रणधीरसिंह राठौरले जानकारी दिनुभयो ।
राठौरका अनुसार विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कोभिड अस्पताल पनि भएकाले बिरामीको अवस्थाका आधारमा परीक्षण रिपोर्ट दिने गरिएको छ । ‘जसमा ४ घण्टा परीक्षणमा लाग्छ, ६ घण्टाभित्र बिरामीले रिपोर्ट प्राप्त गर्नेछन्, छिटै रिपोर्ट आउने भएकाले कोभिड सङ्क्रमित भएका बिरामीहरूको उपचार गर्न सहज भएको छ’उनले भने । एक साता अगाडिबाट सञ्चालनमा ल्याएको अस्पतालको प्रयोगशालामा एकै पटक ९६ जनाको पीसीआर परीक्षण गर्न सकिने डा. राठौरले जानकारी दिए ।
यस्तै, मेडिकल कलेजले अशक्तहरूको लागि घरमै गएर स्वाब सङ्कलन गर्ने र रिपोर्ट पनि घरमै पुर्याउने व्यवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !