- काठमाडौं : कार्तिक २ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
कोरोना भाइरस ( कोभिड – 19 ) को महामारीका कारण सरकारले महान चाड दसैमा शक्तिपीठहरुमा पूजाअर्चना गर्न जानेहरुलाई रोक लगाएको छ । कोरोना महामारी भयावह रुप लिइरहेको अवसरमा सरकारले मन्दिरहरुमा नवरात्रीमा समेत जान निषेध गर्दा केही ब्यक्तिहरुले भने भीड जम्मा गरेर फुटबल प्रतियोगिता गरेका छन् ।
गुण्डानाइके मनोज आचार्यले सर्लाहीको इश्वरपुर नगरपालिका ३ मा शनिबार फुटबल कार्यक्रमको आयोजना गरेका हुन् । ‘समाजसेवी मनोज आचार्य’ द्वारा सौजन्य भनी फुटबलमा बिजेताहरुलाई उनले मेडल पनि बितरण गरेका छन् । मेडल बितरण गर्दा सामाजिक दूरी पालना नै गरिएको छैन । मास्क पनि कसैले लगाएका छैनन् । कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहँदा आचार्यजस्ताको राजनीतिक अभीष्ट पूरा गर्न प्रहरी प्रशासनले सयौं मानिस विना मास्क भेला गराउन छुट दिएको छ ।
गत बर्षमा दशैंको सम्मुखमा प्रत्येक जिल्लामा विभिन्न किसिमका खेलकूद प्रतियोगिता आयोजना हुने गरेका थिए । तर यो बर्ष कोरोना महामारीका कारण सबै जिल्लामा त्यस्ता कार्यक्रम गर्न रोक लगाइएको छ । तर सर्लाहीमा मनोज आचार्यले प्रहरी प्रशासनलाई चुनौती दिंदै फुटबल कार्यक्रम आयोजना गरी सयौं मानिसका बीच मेडल बितरण गरेको तस्वीर सामाजिक संजालमा छ्यापछ्याप्ती पोष्ट गरेका छन् । कोरोना महामारीमा फुटबल खेल संचालन गर्न अनुमति दिइएकोबारेमा सर्लाहीका एसपी सन्तोषसिंह राठौरले भने–‘राजनीतिक दलहरुले हजारौं मानिस भेला गरिरहेका छन्, अरुलाई के भन्ने ? तर पनि के भएको रहेछ म बुझ्छु ।’
को हुन् मनोज आचार्य ?
गुण्डानाइके गणेश लामासँगै रक्तचन्दनदेखि नांगो नाच नचाउने रेष्टुरेन्ट संचालन गर्ने मनोज आचार्य सर्लाहीको इश्वरपुरकै हुन् । प्रहरीले प्रयोग गर्ने पेस्तोल गुन्डा नाइके गणेश लामाको हातमा पुगेको रहस्य खुलेको छ । २०७४ फागुन ३० गते राति गौशालास्थित पशुपति भिजन कम्प्लेक्समा जिम गर्न पुग्दा ‘७।२२ एमएम टाइप ५४’ चाइनिज ठूलो पेस्तोलसहित लामा समातिएका थिए । लामालाई जुन गाडीबाट पेस्तोलसहित समातिएको थियो, सो गाडी पनि आचार्यकै थियो ।
गणेश लामाको समूहमा लागेका आचार्यलाई तत्कालीन वडा प्रहरी कार्यालय लैनचौरका निरीक्षक अशोक सिंहले पटक पटक पक्राउ गरी थुनामा राखेका थिए । आचार्यले त्यतिबेला ठमेलको सातघुम्तीमा लसएन्जल्स डान्सबार संचालन गरेका थिए । उक्त डान्सबारमा नांगो नाच नचाएको आरोपमा उनी पटक पटक पक्राउ परेका थिए । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या गर्ने बाबु थापा(मेघबहादुर थापा)सँग पनि आचार्यको कनेक्सन थियो । थापासँग मिलेर सर्लाहीका ठेक्कापट्टा कब्जा गर्न पनि उनी लागेका थिए ।
रक्तचन्दनदेखि भारतीय पर्यटकको दोहन गरेर अकूत सम्पत्ति आर्जन गरेपछि त्यही खर्च गरेर महेन्द्र राय यादव उद्योग मन्त्री हुँदा मनोज आचार्य औद्योगिक क्षेत्र ब्यवस्थापन लि को महाप्रबन्धक समेत नियुक्त भएका थिए । रेडफायर रेष्टुरेन्ट ठमेलमा वेटरबाट आचार्यको काठमााडौ यात्रा सुरु भएको थियो ।
गुण्डागिरीबाट अकूत सम्पत्ति आर्जन गरेका आचार्यलाई अब राजनीति गर्ने र सांसद मन्त्री हुने भूत सवार भएको छ । त्यही अन्तर्गत उनले कारोना महामारीमा पनि सर्लाहीमा पैसा खर्च गरेर फुटबल कार्यक्रम राखी मेडल बाँडेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !