Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा ६५ औं प्रहरी दिवस २०७७ सम्पन्न


  • काठमाडौं : असोज ३० गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता


प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच ६५ औं प्रहरी दिवस २०७७ सम्पन्न भएको छ ।

प्रहरी दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो । साथै प्रधानमन्त्रीकी धर्मपत्नी श्रीमती राधिका शाक्यले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । समारोहमा प्रधानमन्त्री ओलीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मायाको चिनो समेत प्रदान गर्नुभयो ।

विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कानूनको पालना तथा कार्यान्वयन, निष्पक्ष अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको चर्चा गर्दै निष्पक्ष छानवीन, अभियोजन र न्याय निरुपणबाट कानूनको पालनाको साथै समाजमा शान्ति स्थापना हुने बताउनुभयो । साधन स्रोतको सीमितता तथा अभावका बाबजुद पनि देशले सुम्पिएको जिम्मेवारी सधै निष्ठापूर्वक बहन गर्दै आएकोप्रति प्रशंसा गर्दै नेपाल प्रहरीले गरेको काम कारवाहीको नेपाल सरकारबाट उच्च मूल्याङकन भएको उहाँले बताउनुभयो ।

मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यसैका जगमा कानूनी शासन, मानव अधिकारको संरक्षण र सम्बर्धन तथा विकासका आधारहरू निर्धारण हुने गर्दछ । मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले मात्र हामीले मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्नेछौ ।’ सामाजिक दबाब, विभिन्न प्रभावबाट टाढा रही कानून कार्यान्वयन र दिगो शान्तिका लागि सरोकारवाला सुरक्षा निकायहरु सजग भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

मुलुक रुपान्तरणको चरणमा रहेको र यसको प्रभाव नेपाल प्रहरीमा पनि पर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले परिवर्तनसँगै सेवा, सक्षमता र प्रतिबद्धतामा पनि आमूल सुदृढिकरण र प्रभावकारिताको अपेक्षा आमनागरिकको रहने हुँदा पारदर्शी एवम् जवाफदेही प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव सक्रिय हुनुपर्ने बताउनुभयो । सुधार र परिवर्तन संगठनभित्रैबाट हुनुपर्ने बताउँदै प्रहरीबाट भएका रचनात्मक कार्यहरु, संस्थागत हित, विकास र कल्याणकारी हितका लागि नेपाल सरकारको सदैव साथ र सहयोग रहने उहाँले बताउनुभयो ।

प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्तव्यपथमा अग्रसर रहँदा जीवन आहुति दिने वीर, अमर प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुको साथै परिवारजनहरुप्रति सम्मान र घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

उक्त अवसरमा विशेष अतिथि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले “प्रहरी दर्पण २०७७” को लोकार्पण गर्नुभयो । साथै उहाँले सेवा निवृत्त प्रहरी उपरीक्षक तुलाबहादुर केसीलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ र शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी प्रधान कार्यालय विशेष व्यूरोमा कार्यरत प्रहरी नायव निरीक्षक कृष्ण बहादुर चन्दलाई पूर्ण शान्ति पुरस्कार २०७७ प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले कर्तव्य पालनाको क्रममा यस वर्ष वीरगति प्राप्त गर्ने ४० जनामध्ये ६ जना अमर प्रहरीका आश्रित परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले अच्युत-मिना अक्षयकोषका संस्थापक अध्यक्ष सेवा निवृत्त प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेललाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

समारोहमा गृहमन्त्री थापाले राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । कानून प्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आईपर्ने विविध व्यवधान, सीमित स्रोत र साधनका बावजुद नेपाल प्रहरीको कार्य सम्पादन स्तर उच्च रहेको उल्लेख गर्दै यसलाई निरन्तरता दिन गृहमन्त्री थापाले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

कोभिड-१९ भाइरसका कारण लकडाउन र संक्रमणका कारण सिर्जित सुरक्षा चुनौती र मनसुनबाट सिर्जित विपद् व्यवस्थापनमा नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीको उच्च प्रशंसा गर्दै गृहमन्त्री थापाले संविधानको उपलव्धीलाई संरक्षण गर्न कुनैपनि सम्झौता नगरी अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाल प्रहरी संगठनलाई सुदृढिकरण तथा सुद्धिकरणका लागि प्रहरी नेतृत्वले गरेको रचनात्मक अभ्यास, प्रहरीको रासन सुविधा, कल्याणकारी कार्यक्रमलाई समयानुकूल सुधार गरी प्रहरी कर्मचारीहरुको मनोबल उच्च पार्न गृहमन्त्रालय सदैव तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता, प्रधान सेनापति, गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यबाद ज्ञापन गर्दै राष्ट्रको समग्र सुरक्षाको प्रश्न सामुहिक जिम्मेवारीको बिषय रहेको र संयुक्त यत्नले नै आम नागरीकहरुको अपेक्षा पूरा गर्न सकिने बताउनुभयो । प्रहरी आम – जनको प्रहरी हुनुपर्ने प्रहरीको आदर्श रहेको तथा समाजले प्रहरीबाट धेरै अपेक्षा र विश्वास गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘हाम्रो कर्मक्षेत्र पनि समाज र नागरिक सेवा नै हो । यो कर्तव्यबाट नत हामी विमुख हुन नै सक्छौं न समाजले हाम्रो विकल्प नै खोज्न सक्छ । यो अन्तत: र अटुट सम्बन्धलाई प्रगाढ र विश्वासनीय बनाउनु हाम्रो व्यावसायिक धर्म हो ।’

नेपाल प्रहरीमा पद्दतिको विकास गर्ने कार्यमा प्रहरी प्रधान कार्यालय रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आन्तरिक लिखतको रुपमा ‘नेपाल प्रहरीको कार्य योजना २०७७’ तथा प्रहरीमा स्व अनुशासनका लागि आचार संहिता लागू गरिएको बताउनुभयो । सहभागितामूलक नेतृत्वलाई संस्थागत गर्ने प्रयास थालिएको र तोकिएका मापदण्डहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा सेवा निवृत प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल र उहाँकी धर्मपत्नी स्वर्गीय मिना खरेलको नामबाट ११ लाख रुपैयाँको अक्षयकोष खडा गरी ‘अच्युत-मिना अमर प्रहरी पुरस्कार’ स्थापना गरिएको तथा उक्त पुरस्कार प्रत्येक वर्ष प्रहरी दिवसको दिन प्रदान गर्ने निर्णय गरिएको जानकारी दिइयो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले यस वर्ष घोषित अमर प्रहरीका परिवारलाई राहत बितरण गर्नुभयो ।
६५ औं प्रहरी दिवस २०७७ सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहात समेतमा विविध कार्यक्रमहरुका साथ प्रहरी दिवस मनाइनुका साथै यस वर्ष घोषित ४० जनामध्ये ३४ जना अमर प्रहरीका आश्रित परिवारहरुलाई पायक पर्ने प्रदेश प्रहरी कार्यालयहरुमा कदरपत्र प्रदान गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ६५ औं प्रहरी दिवस २०७७ सम्पन्न

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh