- नवलपरासी : असोज ३० गते शुक्रबार ।।
- संजय कुशवाहा
पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट ७ लाख ३६ हजार ४ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान प्रतापपुर गाउँपालिका वडा न.५ बसहियास्थित नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब १ लाख ३६ हजार मुल्य बराबरको ३७ बोरा ( १७ क्विन्टल ) सेतो मटर (केराउ ) प्रहरी चौकी बसहियाले नियन्त्रण गरेको छ ।
यसैगरी सोही गाउँपालिका वडा न.९ खजुरापुल स्थित नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब ३ लाख २० हजार मुल्य बराबरको ८० बोरा ( ४० क्विन्टल ) सेतो मटर (केराउ ) इलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रण गरेको छ ।
यसैगरी सोही गाउँपालिका वडा न.९ बर्दघाटेस्थित नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब २२ हजार मुल्य बराबरको ८ बोरा ( २सय ७५ किलो ) सेतो मटर (केराउ ) प्रहरी पंचपेडाले नियन्त्रण गरेको छ ।
यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा न.२ हरपुरबाट करिब १ लाख १२ हजार ४ सय मुल्य बराबरको भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको लेडिज कुर्ता सुरूवाल ५ थान ,सुटको थान कपडा ३ थान ,ध्वजा कपडा ४० मिटर ,कासको दियो १७ पोका, मोबाइल ५ थान र नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब २० हजार मुल्य बराबरको ६ बोरा ( २सय ५० किलो ) सेतो मटर (केराउ ) सिमा प्रहरी चौकी महेशपुरबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सोही गाउँपालिका वडा न. २ मुडेरास्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको ६ हजार मुल्य बराबरको १ बोरा चिनी र नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब १ लाख २० हजार मुल्य बराबरको ( १५ क्विन्टल ) सेतो मटर (केराउ ) जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले नियन्त्रण लिएका छन ।
उक्त सामान मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछी सामान छाडी मोटरसाइकल लिई मानसिक भागेका थिए । नियन्त्रणमा लिएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !