- काठमाडौं : असोज २९ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
‘नक्कली भिसा’ देखाएर क्रोएसिया पठाउने एक समूह महानगरीय अपराध महाशाखाको फन्दामा परेको छ ।
सप्तरी डाक्नेश्वरी न.पा. ६ औरही स्थायी ठेगाना भएका मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई न.पा. ११ भीरगाँउका सुकवान वाइबा नियन्त्रणमा परेका अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
उनीहरुले रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै ९ जनासँग प्रति ब्यक्ति ३ लाख सात हजार असुलेका जानकारी प्राप्त भएको छ ।
काठमाडौंको बूढानिलकण्ठस्थित कपन फैकामा अस्थाई बसोबास गर्दै आएका उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले प्रहरी परिसर काठमाडौं पठाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !