- काठमाडौं : असोज २९ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
- प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीको निलम्बन फुकुवा भएको छ।बिहीबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई डिएसपी जिसीको निलम्बन फुकुवा गर्न पत्र लेखेको हो। कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक अंगुर जिसीको अब जागिरमा फर्किने बाटो खुलेको छ ।
जिल्ला अदालत कञ्चनपुरले गत साउन १५ गते उनीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दिएको थियो। सफाइ पाएलगतै जिसीले पुनर्वहालीका लागि गृहमा निवेदन दिएका थिए।
जिसीसँगै निलम्बनमा परेका डिएसपी ज्ञानबहादुर सेठी र सई हरिसिंह धामी भने रिटायर्ड भइसकेका छन्। उनीहरूलाई नियमअनुसार निलम्बन अवधिको पेन्सन पट्टाको व्यवस्था मिलाइने जनाइएको छ ।
पन्तको बलात्कार तथा हत्या प्रकरणमा मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक दिल्लीराज विष्टलाई पनि पुनर्बहालीको बाटो खुलेको छ। उनीबारे भने मन्त्रिपरिषदले निर्णय गर्नु पर्ने छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !