- काठमाडौं : असोज २९ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्दै केही नयाँ अनुहार सरकारमा भित्र्याएकाे छ । तीन जना नयाँ मन्त्री नियुक्त भएका छन्, जसकाे पद तथा गाेपनीयताकाे शपथ आज ११ बजे राष्ट्रपति कार्यालयमा तय गरिएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्नुभएकाे छ भने कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनुभएकाे हाे । उहाँहरू तीनै जनाकाे शपथ बिहीबार ११ बजेका लागि तय भएकाे राष्ट्रपति कार्यालय स्राेतले बताएकाे छ । शपथ ग्रहण समाराेह राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।
बुधबारकाे सामान्य हेरफेरमा प्रधानमन्त्रीले ईश्वर पोखरेलको हातबाट रक्षा मन्त्रालय खोसेर आफै राख्नुभएकाे छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाे कार्यभार भने पाेखरेललाई थमाउनुभएकाे छ । साथै रिक्त रहेकाे सञ्चार मन्त्री पदमा यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई जिम्मेवारी दिनुभएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !