- लहान : असोज २९ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
राजविराज नगरपालिका वडा नम्बर –१३ मुसनियाँस्थित नहरमा गए राति प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको छ । तस्कर पक्राउ गर्ने र जोगाउने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको हो ।
झडपमा परि हवल्दार कमलदेव यादव र प्रहरी जवान दिपेन्द्र साह घाइते भएका छन् । हवल्दार यादवको टाउकोमा सामान्य चोट लागेको छ भने प्रहरी जवान साहको टाउको फुटेको छ ।
दुवै जनालाई उपचारकोलागि सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । उनका अनुसार प्रहरी जवानको टाउकोमा ७ वटा टाँका लगाइएको छ ।
यसरो भयो घटना
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी को.बरसाईनबाट गए राति करिब १० बजेतिर खटिएको टोलीले भारतबाट तस्करी गरी ल्याएको सामान बरामद गर्न घेरा हाले ।
सोहीसँगै तस्करहरुले स्थानीय ब्यापारी र सर्वसाधारणलाई गुहार्न थाले । तस्करहरुलाई जोगाउन करिव ४०–५० जना स्थानीयवासीन्दाले घरेलु हतियारसहित प्रहरीमाथि आक्रमण गरेपछि दोहोरो झडपको सिर्जना भएको प्रहरी उपरीक्षक ( एसपी ) धमलाले वताए ।
स्थानीयहरुले घेरा हालेर भालाले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर समेत गरिएको एसपी बताए । घटनामा संलग्नहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ । उता, झडपको क्रममा स्थानीयतर्फको हताहतिका विषयमा तत्काल जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !