- जनकपुर,असोज २८ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
३३ बर्ष देखि फरार प्रतिवादी पक्राउ गरेर प्रदेश २ प्रहरीको इतिहासमा नौलो रेकर्ड राख्न सफल प्रहरी प्रमुख धिरजप्रताप सिंहले फरार अपराधी पक्राउ गर्ने र कानुनको दायरामा ल्याउन अभियान कै रूपमा काम गरेको बताउनुभएको छ ।
बाराको सिम्रौनगढमा हत्या गरेर फरार भएक व्यक्ति ३३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा श्यामकिशोर प्रसाद कुशवाहा छन् ।
कुशवाहालाई कहाँबाट पक्राउ गरेको विषयमा प्रहरीले खुलाएको छैन । उनलाई अदालतमा पेश गरेपछि सजाय भुक्तानीका लागि कारागार चलाउन गरिने बताइएको छ ।
बर्षौ देखि अपराध गरेर समाजमा निर्र्भीक भएर हिड्दा समाजमा नकारात्मक भाव पैदा हुने भन्दै अपराध गरेर पनि उन्मुक्ति पाइदो रहेछ अथवा प्रहरीले पक्राउ गर्दो रहेनछ भन्ने सोचाइ बिकास हुन सक्ने भन्दै यस्तो अभियान चलाएको जनप्रभाब संग कुराकानी गर्दै २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले भन्नुभयो । प्रदेश २ मा हुने दृश्य वा अदृश्य अपराधका लागि २ नम्बर प्रदेश प्रहरी कडाइका साथ प्रस्तुतहुने उहाँको भनाइ थियो ।
राजनीति खिचातानीका कारण यस अघिका केहि प्रमुख बिबादास्पद जस्तो देखिए पनि आफुले कुनैपनी राजनीतिक दबाब प्रभाव नमान्ने सिंहको तर्क थियो । मैले अहिलेसम्म राजनीतिक दबाब महसुस पनि गरेको छैन त्यस्तो दबाब आएको पनि छैन । कुनै राजनीतिक दबाब प्रभावमा रहेर प्रदेश २ प्रहरीले काम नगर्ने उहाँले ठोकुवा गर्नुभयो । व्यबहारमा शिष्टता र सरलता अपनाएर काम गर्ने पनि उहाँले बताउनुभयो ।
