गृह प्रशासनको अनुभव नै नभएका उपसचिव र सहसचिवलाई चलखेलका आधारमा धमाधम सिडिओ बनाएर पठाउन थालिएको छ ।
- काठमाडौं ,असोज २८ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) सरुवामा कुनै सिष्टम नहुँदा यतिबेला गृह प्रशासन अस्तव्यस्त हुन थालेको छ । गृह प्रशासनको अनुभव नै नभएका उपसचिव र सहसचिवलाई चलखेलका आधारमा धमाधम सिडिओ बनाएर पठाउन थालिएको छ । यस्तो विकृतिले जिल्लाहरुमा अवैध धन्दा फस्टाउन थालेका छन् ।उदारणका लागि बाग्लुङमा हेर्न सकिन्छ । बाग्लुङमा सिडिओ रहेका गौलोचन सैजुलाई ६ महिनामै हटाएर सुरेश न्यौपानेलाई पठाइयो ।
न्यौपानेले क्षमताका आधारमा होइन, गृहसचिव महेश्वर न्यौपानेको पावरका आधारमा सिडिओ हुने अवसर पाएका हुन् । गृहसचिवका आफन्त भएकाले उनलाई बाग्लुङमा पठाइएको हो । महामारीको बेलामा पनि उनको ध्यान कमाउनमै केन्द्रीत रहेको स्रोत बताउँछ । कतिसम्म भने प्राकृतिक विपद्लाई समेत उनले कमाउने अवसर बनाएका छन् ।गत १० साउनमा बाग्लुङ नगरपालिकाको वडा नम्बर १ निरहुघाटमा सुख्खा पहिरो गएको थियो ।
जुन पहिरो हटाउने क्रममा जेबिसीका चालकहरु पुरिएका थिए । जसमध्ये रोशन नेपालीको मृत्यु भएको थियो भने, राजु माझि घाइते भए । अर्का कामदार नेत्र बहादुर पुन हालसम्म बेपत्ता छन् ।स्रोतका अुनसार पहिरो हटाउने नाममा ठेकदार विमलेश आचार्यले गिटी उत्खनन गरेका थिए । लाइसेन्स नै नभएका चालक राजु माझिलाई जेसिबी चलाउन दिइएको थियो । सिडिओ न्यौपाने, मेयर जनकराज पौडेल तथा वन उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा त्यसरी उत्खनन गर्दा दुर्घटना भएको थियो । यसले जिल्लामा कुन हदसम्म बेथिती बढेको छ भन्ने प्रष्ट हुन्छ ।त्यस्तै, प्रहरी र प्रशासनकै मिलेमतोमा जिल्लाको ताराखोला गाउँपालिकामा प्राकृतिक दोहन चलिरहेको छ । जहाँ ४४ वटा ढुंगा खानी सञ्चालन गरिएको छ । जसमध्ये अधिकांश मापदण्डविपरीत छन् ।
ताराखोला गाउँपालिका वडा नम्बर ५ का हिमाल विक, कलाधर सुवेदी, वडा नम्बर ४ का धनबहादुर खत्रीले सेटिङमा ढुंगाखानी चलाउँदै आएका छन् । मापदण्डविपरीत सञ्चालनमा रहेको कमेरेपानीको खानीका कारण धप्लेङका बस्ती जोखिममा रहेको गुनासो स्थानीयले गर्दै आएका छन् । तर, उच्च तहको सेटिङका कारण उत्खनन रोकिएको छैन । राती राती यहाँका ढुंगा पोखरा पु¥याइने गरिएको छ ।त्यसवापत प्रहरीलाई मासिक ४० हजार, सिडिओलाई ३०, राजश्व कार्यालयलाई २० तथा वन कार्यालयलाई २० हजार रुपैयाँ दिने गरिएको स्रोत बताउँछ । हालै बाग्लुङ पुगेका एसपी लोकेन्द्र श्रेष्ठसँग समेत सो समूहले सेटिङ मिलाइसकेको स्रोत बताउँछ । आफु गृहसचिवको आफन्त भएकाले कसैले केही गर्न नसक्ने भन्दै सिडिओ न्यौपानेले सिधैं डिल गर्ने गरेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !