- सिरहा : असोज २८ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदीपराज कणेलले यसपालिका चाडवाड घरमै बसेर मनाउन जिल्ला बासीलाई आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जल्ला प्रशानसले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
दशैं, तिहार, छठ पर्व लगायतका चाडहरु घरमै बसेर तथा शक्ति पीठहरुमा चढाइँदै आएको पशुबली सट्टा क्षमा पुजा गरी मनाउन सूचना मार्फत् आग्रह गरिएको छ ।
यस्तै, खेलकुदका कार्यक्रम, मेला, नाच लगायत भीडभाड हुने कुनै किसिमका कार्य नगर्न नगराउन समेत अनुरोध गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !