- काठमाडौं ,असोज २६ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
काठमाडौं महानगरपालिका वडा नम्बर – २७ ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङ डिउटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका-२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिज किशोर साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्र भित्र उक्त नगद हाली प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले उक्त घुस नगदसहित पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !