सिरहा,असोज २६ गते सोमबार ।।
जनप्रभाब – आलोक यादव
कोरोना भाइरस ( कोभिड–१९ ) को रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज यादवले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर दशैं तिहार मनाउन आग्रह गरेको छ ।
दिनानुदिन कोरोना भाइरसको संक्रमण दर बढिरहेको अवस्थामा एकठाउँमा भेला हुँदा संक्रमण फैलिने त्रास बढेकाले सामुहिकरुपमा भिडभाड नगरी आ–आफ्नो घरमा परिवारमा सिमित रहेर चाडवाड मनाउन आग्रह गरेको हो ।
कोरोनाको संक्रमणबाट बच्न र बचाउनका लागि दशैं तिहारमा एक ठाउँमा भेला नहुन र चहलपहल नगर्न आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका सह- संयोजक एबं जिल्ला समन्वय समितिका सिरहाका उप-प्रमुख सरोज यादवले बताउनु भयो ।
नेपाल सरकारको कोरोना भाइरस सम्वन्धी नियमको पालना गर्दै विभिन्न खेलकुद, धार्मिक मेला, भिडभाडकाबिचमा गरिने कार्यक्रम, भेला जस्ता ‘मास मुभमेन्ट’मा सञ्चालन हुने गतिविधि नगर्न आग्रह गरेको छ ।
यस्तै, प्रत्येक वडामा वडाध्यक्ष वा वडासदस्यको नेतृत्वमा निगरानी टोली बनाएर स्थानीयलाई कोरोनाको संक्रमणबाट बच्ने उपायका बारेमा सचेत गराउने तथा बाहिरबाट आएका स्थानीयलाई क्वारेन्टीन, आइसोलेसन वा स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सिर्जनात्मक तरिकाले सचेतनामुलक अभियान सञ्चालन गर्न हरेक स्थानीय तहलाई अनुरोध गरिएको उप – प्रमुख यादवले बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !