- काठमाडौं ,असोज २६ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
नेपाली सेनाले यस वर्ष कर्मचारीलाई दशैं बिदा दिने भएको छ । लामो समयसम्म बिदा जान नपाएका सैनिकहरुलाई दशैं मनाउन बिदा दिन लागेको सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनु भयो ।
दसैंमा घर जानेहरुलाई सकेसम्म सेनाले आफ्नै बस र हवाईजहाजमार्फत पुर्याउने तयारी गरिरहेको बताइएको छ । बिदाबाट दशै मनाएर फर्केपछि क्वारेन्टिन बसाउने र सबै स्वास्थ्य मापदण्ड अपनाएर काममा फर्काइने सेनाले जनाएको छ ।
यसपालिको फूलपातीमा गत वर्षभन्दा कम व्यक्तिलाई आमन्त्रण गरिने र मौलो पूजामा पशुबली दिइँदै आए पनि विगतभन्दा कम हुने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !