- लहान,असोज २५ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
नजिएको दशैं, तिहार र छठ चाडपर्वलाई लक्षित गर्दै सिरहामा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले लागू गरेको विशेष सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले आमसर्वसाधारणको जिउधनको सुरक्षाका लागी सबै प्रकारको सुरक्षा योजना लागू गरेको जनाएको हो ।
दशैंमा सुरक्षाको लागि प्रहरीको क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरिएको छ । मोटरसाइकल गस्ती, साइकल गस्ती र जिप गस्तीका साथै विभिन्न स्थानमा विभिन्न सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको एसपी पंजियारले जानकारी दिए ।
भित्रिने र बाहिरिने नाकामा प्रहरीको बिशेष सुरक्षा व्यवस्था मिलाईएको उनले बताए ।
प्रहरीले आफ्नो घरको डेरामा बसेका व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर र फोटोसहितको विवरण राख्न, रातको समयमा आफ्नो घर, टोलमा होहल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीमा तुरुन्तै खबर पनि आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !