कृष्णा यादब
वीरगंज,असोज २४ गते सनिवार ।।
तराई हस्पीटल एण्ड रिसर्च सेन्टर वीरगंजले आफनो तिस्रो वार्षीकोत्सव कोरोनाको मध्य नजर गरि अाफ्नो कर्मचारी र बिरामीहरुको साथमा मनाएको छ ।हस्पिटल संचालन देखि वार्षीकोत्सवको अवसर पारेर तराई हस्पीटलले विभिन्न कार्याक्रम गर्दै अाएपनि यो बर्ष कोरानाको महामारीको कारणले अाफ्नो हस्पिटलको कर्मचारीहरु सहित बिरामीहरुलाई फलफुल बितरण गरि मनाएको तराई हस्पिटलका प्रशासन प्रमुख अजय गुप्ताले बताउनुभयो ।
त्यसतै बार्षिकोत्सवको अवसरपारी विरामीहरुलाई जेकचाँज , महिला बिरामीहरुको लागि अोपिडी सेवा निशुल्क गरेको तराई हस्पिटलले जनाएको छ।तराई हस्पिटलले वीरगंजमा २ वर्षौ देखी निरन्तर स्वास्थ्य सेवामा योगदान पुर्याउदै अाएको छ ।यस्तो कोरोना महामारीको बेलामा पनि तराई हस्पिटलका डा रोशन कुर्मीको सम्पुर्ण टिमहरु जानको बाजि राखि दिन रात हस्पिटलमा सेवा दिदै अाएको सेवाग्राहीले बताएको छन् ।त्यसैगरी वार्षीकोत्सवको अवसरमा अस्पतालमा उपचारार्थ रहेका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।त्यसतै कार्याक्रममा संचालकद्वय अस्पतालका संचालक सदानन्द कुर्मी र रामाश्रय प्रसाद कुर्मी लगाएत हस्पिटलका सम्पूर्ण युनिटहरुको सहभागिता थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !