- कपिलवस्तु ,असोज २४ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
यशोधरा गाउपादिकालाई यूएमएन र दलित सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा संचालित जीवीकोपार्जन
तथा वातावरण सुधार द्धारा समुदायको उत्थानशील सवलीकरण परियोजना बाट गाउपादिका अध्यक्ष गिरिजेश कुमार पाण्डे र स्वास्थ्य शाखा प्रमुख ज्योति प्रकाश दुवेलाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।
यशोधरा गाउपालिका को वडा नं. १, २ र ३ मा संचालित परियोजना द्धारा गाउपालिका को स्वास्थ्य शाखालाई दलित सामाजिक विकास केन्द्रका अध्यक्ष राम शरन रैदासले सेनिटाइजर ६० बोतल ५००एमएल, माफ सर्जिकल १००० पीस, हेण्ड वास ६० पीस, ग्लोब्स १६० पीस, साबुन ५० पीस र फिनायल ३५ बोतल लगायत स्वास्थ्य सामाग्रीहरु कोरोना
भाइरसको समयलाई माध्य नजर गर्दै उक्त महामारी बाट सचेतहुन र समुदायलाई सचेत बनाउनको निम्ति सामाग्री
हस्तान्त्रण गरिएको परियोजना अधिकृत सुमन न्यौपाने र फिल्ड् अधिकृत रमेश कुर्मीले जनकारी दिनु भएको छ ।
सोही सन्दर्भमा वडा नं. १, २ र ३ लाई पनि स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिने योजना रहेको जनकारी परियोजना
अधिकृतले दिनु भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !