- रौतहट ,असोज २४ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
प्रदेश २ को रौतहटमा प्रेम सम्बन्धका कारण एक युवतीको मृत्यु भएको छ । जिल्लाको दूर्गाभगवती गाउँपालिका वडा नम्बर ४ छतौना टोलका लाल महम्मद धुनियाको १७ वर्षीया छोरी रोबिना मन्सुरीको मृत्यु भएको हो ।
मृतक मन्सुरीको सोही ठाउँका १८ वर्षीय जुनैद कवारीसँग प्रेम सम्बन्ध रहेको तर उनीहरुको बीचको प्रेम सम्बन्ध परिवारलाई स्वीकार्य नरहेको कारण हत्या गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको प्रेम सम्बन्धका कारण दुवैको परिवारमा बेलाबखत विवाद उत्पन्न हुने गरेको प्रहरीको भनाइ छ ।
मृतक मन्सुरीको शवलाई उनकै काकाहरु ३३ वर्षीय फुल महमद मन्सुरी, ४५ वर्षीय नसिरुद्दिन मन्सुरी, काकीहरु ४० वर्षीया सहनाज खातुन र ४० वर्षीया लाल मामा महमद मन्सुरीले बोकेर उनको प्रेमी बस्ने घरको कोठामा ल्याएर छाडिदिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरत श्रेष्ठले जानकारी दिए ।
मृतक मन्सुरीको घाँटीमा डोरीको जस्तो देखिने निलडाम रहेको उनले बताए । तर, उनको हत्या वा आत्महत्या भन्ने कुरा हालसम्म एकिन नभएको कारण पोष्टमार्टम पश्चात यथार्थ खुल्ने बताए ।
शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । काका फुल महमद मन्सुरी र काकी सहनाज खातुनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धी बिक्रम साहले जानकारी दिए ।
फरार रहेका अन्यको खोजी कार्य जारी रहेको र यस घटनाको बारेमा विशेष अनुसन्धान भइरहेको पनि उनले बताए । मृतक अन्सारीकी बुबा लाल महमद धुनियाँ विगत एक वर्षदेखि कामको सिलसिलामा भारतको पञ्जाबमा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !